झापामा तालु नभएको बालिकाको जन्म

प्रकाशित मिति:

झापा – झापामा एक अनौठो शिशुको जन्म भएको छ । झापाको दमक नगरपालिका—२ स्थित आम्दा अस्पतालमा मोरङको मिक्लाजुङ गाउँपालिका— ७ की २४ वर्षीय गुराँस कार्कीले टाउको, तालु र पछाडिको भाग नभएको बच्चा जन्माएकी छिन् ।

गर्भवती हुँदा आवश्यक पोषणयुक्त खानेकुरा नखादा र नियमित स्वाथ्य जाँच नगराएकोले यस्तो बच्चा जन्मिएको अस्पतालका फेमेली फिजिसियन डा. प्रकाश शर्माले बताए । ३० वर्षीय सुजन कार्की र गुरासँको दोस्रो सन्तानको रुपमा जन्मिएकी छोरी बाचे पनि टाउकोको उपचार नहुने डाक्टर बताउछन् । घर निर्माणको काम गर्ने कार्कीको परिवारको आर्थिक अवस्था कमजोर रहेको छ , र अहिले उनीहरु छोरीको यस्तो अवस्था देखेर चिन्तित भएका छन् ।