बालिकाको बलात्कार गरी हत्या गर्नेलाई जन्मकैद

१ आश्विन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
30 Shares


 जनकपुरधाम – एक बर्षअघि १० बर्षीया बालिकाको बलात्कार गरी हत्या गर्ने दुई जनालाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ ।जिल्ला अदालतले औरही गाउँपालिका २ परबाहाका ३३ बर्षीय नथुनी पण्डित र ३१ बर्षीय विनोद मुखियालाई जन्मकैदको फैसला सुनाएको हो। पण्डित र मुखियाले २६ असोज २०७५ मा स्थानीय १० बर्षीय बालिकाको बलात्कार गरी हत्या गरेका थिए ।अदालतका न्यायाधीश राजेश कटुवालको इजलाशले बालिकालाई बलात्कार गरी हत्या गरेको ठहर गर्दै दुबै जनालाई जन्मकैदको फैसला सुनाएको हो ।दशैंको अवसरमा लागेको मेला गएकी बालिकालाई १० रुपपैयाँको प्रलोभन देखाउँदै नजिकैको धान खेतमा लगी पण्डित र मुखियाले बलात्कार गरी हत्या गरेका थिए । हत्या गरिएकी बालिकाको मृत शरीर धान खेतमै फेला परेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया