मेडिकल कलेजका विद्यार्थीको आन्दोलनमा नेकपाका विद्यार्थीको समर्थन

१ आश्विन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
24 Shares


काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले मेडिकल कलेजले तोकिएको भन्दा बढी शुल्क लिएको विरोधमा चितवन मेडिकल र गण्डकी मेडिकल कलेज पोखरामा भइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।संयोजक ऐन महरले बुधबार विज्ञप्ति जारी गरी आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । २०७५ चैत ८ गते सरकारले निजी मेडिकल कलेजहरुले लिएको तोकिएको भन्दा बढी शुल्क एक महिनाभित्र फिर्ता गर्न र निजी मेडिकल कलेज समेतको संलग्नतामा शुल्क फिर्ताको अनुगमन गर्न विश्वविद्यालय, मेडिकल काउन्सिल र कलजहरुलाई निर्देशन दिए पनि कार्यान्वयन नभएकोमा अनेरास्ववियूले विरोध जनाएको छ। त्यसकै कारण अहिलेको आन्दोलन भइरहेको भन्दै अनेरास्ववियूले तोकिएको शुल्क कार्यान्वयन सशक्त रुपमा गर्न सरकारलाई आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया