उपलब्ध श्रोत साधनको प्रयोग गरी नगरको विकासमा लाग्न प्रतिनिधी सभा सदस्य शाहको आग्रह

प्रकाशित मिति:

नरेश चौधरी ।

प्राकृतिक स्रोत साधानको उचित प्रयोग गर्दै समग्र सैनामैना नगरको विकास गर्नु पर्ने प्रतिनिधि सभा सदस्य भरतकुमार शाहले आज एक कार्यक्रममा बताउनु भएको छ ।

सैनामैना वडा नम्बर ११ को वडा कार्यलय उद्घटन गर्दै सांसद शाहले सो कुरा बताउनु भएको हो । प्राकृतिक तथा राजनितिक हिसाबले प्राकृतिक स्रोत सधानको आर्थिक आयोग बनाउनका लागि संविधानमा परिकल्पाना गरिएकोले सो आयोग बनिसके पछि आर्थिक स्रोत जुटउन केन्द्रिय सरकार वा प्रदेशिक सरकार संग जानु नपर्ने र स्थनिय सरकारले त्यहि आयोग मै कार्ययोजना बुझउनु पर्ने र त्यहि आयोगले कुन ठाउमा बाजेट के कति निर्धारण गर्ने हो त्यहि आयोगले निर्धरण गर्ने कुरा बताउनु भयो ।

करको विषयमा केहि स्थानिय तहहरुले मनपरि गरेको कुरा बताउदै यस प्रकारको कार्यले गरिबहरु झन झन गरिब हुदै जाने र ब्यवासीहरु विस्थपित गराउने काम हुने बताउनु भयो । आफु संग आधिकार छ र पदमा बसेकै भरमा कोहि काहिंबाट गलत तरिकाले करको विषयमा निर्णय गर्न नहुने कुर बताउनु भयो । यदि कर बढी लागईयो भने ब्यवासीहरु या ब्यवासय गर्न छड्ने वा गरे पनि करछलिको काम गर्ने कुरा बताउनु भयो । शाहले आनवाश्क तरिकाले ढाड सेक्ने गरि जनता संग कर उठाउन नहुने कुरामा जोड दिदै स्थानिय तहहरुले यो कुराको ख्याल गर्नु पर्ने सुझाब समेत दिनुभयो । रुपन्देहीकै केहि स्थनिय तहहरुले अनावश्यक तरिकाले २००० प्रतिसत देखि ३००० प्रतिशत सम्म कर लिएको गुनासो समेत गर्नु भयो । सैनामैना नगरपालिकाले यस विषयमा सजक रहेकोमा सांसद शाहले सैनामैनालाई धन्यबाद दिनु भयो ।

शाहले भन्नु भयो “एउटै मन्छे सांसद हुन्छ, मन्त्री हुन्छ, प्राधान मन्त्रि हुन्छ, राष्ट्रिपति बन्छ, तर जनप्रतिनिधि भै सके पछि आफुलाई सर्वश्रेष्ठ गराउन जनताका लागि काम गर्नु पर्ने र विकास निर्माणका काम गर्नु पर्छ” । शिक्षा स्वास्थय लगाएत प्राविधिक शिक्षाले आय आर्जन तथा प्रतिब्यक्ति आय बढ्ने कुरा बताउदै यस कुरामा स्थानिय तहहरुले जोड दिनु पर्ने कुरा बताउनु भयो ।

सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले सैनामैनाको समृद्धिका लागि आफुले कृर्षि उत्पादनलाई जोड दिएको बताउनु भयो । आधुनिक कृर्षि प्रणाली अपनाई सोहि अनुसार कार्य गर्नु पर्ने कुरामा जोड दिनुभयो । समग्र नगरको बिकासमा आफुहरु लागेको र यसमा प्रदेश र केन्द्रले पनि सहयोग गर्नुपर्ने बताउनु भयो । जनतालाई सहज रुपमा सेवा प्रवाह र सुशासन कायम गर्न प्रत्येक बडाले आफ्नै बडाबाट सेवा प्रदान गरेको समेत कार्कीले सो अवसरमा बताउनु भएको थियो ।

सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णा प्रसाद भण्डारीले कर्माचारीहरुले कार्य सम्पादन गर्दा निति र नियममा रहेर गर्नु पर्ने बताउदै कहि कतै गुनासो र गलत काम भएको खण्डमा सेवाग्रहीहरुले आफुलाई गोप्य रुपमा जानकारी गराईदिन अग्रह गर्दै गलत गर्ने कर्माचारीलाई कारवाही गर्ने समेत बताउनु भयो ।

सैनामैना नगरपालिका वार्ड नं ११ का वार्ड अध्यक्ष सुनिल मरासिनी, वार्ड नं १० का वार्ड अध्यक्ष लोक नारायण थापाले करको बिषयमा अनावश्यक हल्ला फैलाइए प्रति दुख ब्यक्त गर्दे यस प्रकारको हाल्लाको पछाडी नलाग्न सैनामैना बासिहरुलाई आग्रह गर्नु भएको थियो । नेपाली काग्रेसका कार्यवाहक जिल्ला सभापति फणेन्द्र प्रसाद शर्माले संघ, प्रदेश र स्थानीय निकायको सहि तालमेलले मात्र नगरको विकास संभव भएको बताउनु भयो । कार्यक्रमा नेकपाका नेता भुमिलाल सापकोटा , समाजसेवी मिन प्रसाद घिमिरे, लक्ष्मण घिमिरे वडा सदस्य राम प्रसाद भुषाल, बडा सचिव सन्त कुमार चौधरी लगायतले समग्र सैनामैना नगरपालिकाको विकासका लागि साथ सहयोग र सहकार्य अवाश्क भएकोले सकारात्मक सोंचका साथ नगरको विकासमा सबै लाग्नु पर्नेमा आ आफ्नो भनाई राख्नु भएको थियो ।