कांग्रेसको महासमिती बैठक भदौ मसान्तसम्म बोलाउने सभापतिको तयारी

प्रकाशित मिति:

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ मसान्तमै महासमिति बैठक बोलाउने तयारी गरेका छन् । सम्भवतः आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले मिति तोक्नेछ ।जेठ अन्तिममा भएको केन्द्रीय कार्यसमितिले भदौ मसान्तभित्र महासमिति बैठक गर्ने निर्णय गरेको थियो । तर, लामो समय विधान मस्यौदा समिति नै गठन हुन सकेन ।

नेताहरुले अब छठपछि मात्र महासमिति हुने अनुमान गरेका थिए । तर, रामचन्द्र पौडेल समूहसँगै महामन्त्री शशांक कोइरालाले समेत महासमिति बैठक टार्न खोजेको आरोप लगाएपछि सभापति देउवा यही महिनामै महासमिति बैठक बोलाउने मुडमा पुगेका हुन् ।