संविधान दिवसको अवसरमा प्रदेश ३ द्वारा खुल्ला दौड प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

बुटवल – संविधान दिवस २०७६ को अवसरमा प्रदेश खेलकुद बिकास परिषद, प्रदेश न ३ को आयोजनामा खुल्ला दौड प्रतियोगिता सम्पन्न गरिएको छ् । झलकहरु । प्रदेश ३ का सामाजिक बिकास मन्त्री युवराज दुलाल , भुमि ब्यबस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको उपस्थितिमा संचालन गरिएको कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका एसएसपि राजेन्द्र चौधरी, सामाजिक बिकास मन्त्रालयका प्रशासन महाशाखा प्रमुख डिल्लीराम रिजाल , प्रदेश ३ का खेलकुद बिकास परिषदका सदस्य सचिब सुर्यलाल भण्डारी, प्रदेश ३ का सरोकारवालहरु लगायत ११६ प्रतिस्पर्धी (धावक ) हरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रदेश ३ का सामाजिक बिकास मन्त्री दुलालले खेलकुद आजको आवश्यकता रहेको र प्रदेश ३ ले खेलकुदको क्षेत्रमा यो प्रदेशलाई खेलकुद हबको रुपमा बिकास गरी नयाँ ढंग बाट अघी बढ्ने कुरा बताउनुभएको थियो ।