बालुवाटारको जग्गा सरकारीकरण गर्ने प्रस्ताव रोकियो

प्रकाशित मिति:

काठमाडौं – प्रधानमन्त्रीनिवास बालुवाटार अहिले पुनः चर्चामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नयाँ प्रधानमन्त्रीनिवासको शिलान्यास गरेसँगै बालुवाटार चर्चामा आएको हो । तर, प्रधानमन्त्री निवास नयाँ बन्ने चर्चा सुरु हुँदै गर्दा विगतको ‘बालुवाटार जग्गा प्रकरण’ भने सेलाउन थालेको छ ।

बालुवाटारको ललितानिवासले चर्चेको करीव ११४ रोपनी जग्गा व्यक्तिका नामबाट जफत गरी सरकारीकरण गर्ने प्रस्ताव अख्तियारको छानविन नसकिएका कारण भूमि व्यवस्था मन्त्रालयमै थन्किएको छ । बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लगिएको ०४७ सालदेखिकै निर्णय प्रक्रियाहरुमा अख्तियारले अनुसन्धान गरिरहेकाले सो प्रस्ताव मन्त्रिपरिषदमा नलगिएको मन्त्रालय स्रोतले जनाएको छ ।