आप्रवाशिका अधिकारका लागी बोल्दै अध्यक्ष सोमनाथ घिमिरे

२ आश्विन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
8 Shares


बिष्नु सिंह – ज्याकासनहाईट न्यूयोर्क। गत मंगलबार, सेप्टेम्बर १७ मा क्विन्स बोरोकी अध्यक्ष मेलिन्डा क्याजले क्विन्स बोरो सभा भवनमा एक सार्वजनिक अभियोग सम्बन्धी छलफल कार्यक्रम आयोजना गरिन । उक्त छलफल कार्यक्रममा न्यूयोर्कमा रहेको आप्रवाशिहरुको गठबन्धनलाइ निमत्याईएको थियो । यो छलफल होमल्याण्ड सेक्युरिटी, युयससिआईयस द्वारा अगस्त १२ मा जारी गरिएको सार्वजनिक अभियोग नियमावलिले कसरी र कुन हद सम्म आप्रवाशिहरुलाइ असर वा प्रभाव पार्न सक्छ भन्ने बारे थियो ।

उक्त कार्रक्रममा जीपी कोइराला फाऊण्डेशनका तर्फबाट अध्यक्ष सोमनाथ घिमिरे तथा केन्द्रीय सदस्यद्व्य प्रेम पौडेल।र छिरिङ्ग राप्के लामाले भाग लिएका थिए ।  अध्यक्ष घिमिरेले “हामी छलफलमा सहभागी हूँन पाउदा हर्षित भएका छौ” भन्दै यस नया नियमावलीले आप्रवासीका परिवारहरुलाई ब्यक्तिक बिकास गर्न रोकने र गरीबी तर्फ धकेल्ने बारे आफ्नो मनतब्य राख्दै यसको कडा प्रतिरोध गर्नु पर्ने जिकिर गर्दै आप्रवासीहरुको हक, हित र अधिकार का लागि एक भएर लडौ भन्नु भयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया