सुनको मूल्य घट्दो

प्रकाशित मिति:

काठमाडौं – बिहीबार सुन तथा चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बिहीबारको लागि छापावाला सुन प्रतितोला ७० हजार ७ सय र तेजावी सुन प्रतितोला ७० हजार चार सय रुपैयाँ तोकिएको छ । सोमबारदेखि सुनको स्थिर मूल्य ७१ हजार तीन सय रुपैयाँ कायम रहेको थियो । तर बिहीबार सुन प्रतितोला ६ सय रुपैयाँ घटेको हो ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँ रहेको छ । अघिल्लो दिन (बुधबार) प्रतितोला ८ सय ७० रुपैयाँ रहेको चाँदी बिहीबार तोलामा १५ रुपैयाँ घटेको हो ।