आईसीसीको टेस्ट वरीयताको शीर्ष स्थानमा विराट कोहली

प्रकाशित मिति:

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली आईसीसीको टेस्ट वरीयतामा शीर्ष स्थानमा उक्लिएका छन् ।

बल टेम्पिरिङको अभियोगमा मैदान बाहिर रहेका अष्ट्रेलियाका कप्तान स्टेभन स्मिथलाई पछि पार्दै भारतीय कप्तान टेस्ट वरीयताको शीर्ष ब्याट्सम्यान भएका हुन् । इङ्ल्याण्डविरुद्धको तेस्रो टेस्टको पहिलो र दोस्रो पारिमा गरी २ सय रन बनाएका कोहलीको अहिले ९३७ अंक रहेको छ । जारी श्रृंखलामा विराटले ४४० रन बनाइसकेका छन् । दोस्रो स्थानमा रहेका स्टेभन स्मिथको ९२९ अंक छ ।

तेस्रो स्थानमा न्यूजिल्याण्डका केन विलियम्सन ८४७ अंकका साथ तेस्रो स्थानमा रहँदा अष्ट्रेलियाका डेभिड वार्नर ८२० अंक सहित चौथो स्थानमा रहेका छन् । यसैगरी इंग्ल्याण्डका जोय रुटले ८१८ अंक जोड्दै पाँचौ स्थानमा आएका छन् ।