फिफा वरियतामा नेपालको सुधार, दक्षिण एशियामा नेपाल तेस्रो

२ आश्विन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं–विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६६औँ स्थानमा रहेको थियो । दक्षिण एशियाको वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा माथि रहेको भारत १०४औँ स्थानमा छ भने माल्दिभ्स १५३औँ स्थानमा छ ।

त्यसैगरी नेपालभन्दा तल रहेको भूटान १८५औँ स्थानमा रहँदा बङ्गलादेश १८७औँ स्थानमा छ । श्रीलङ्का २०२औँ स्थानमा छ भने पाकिस्तान २०३औँ स्थानमा रहेको छ । विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छ । त्यसैगरी इङ्ग्ल्याण्ड चौथो, पोर्चुगल पाँचौँ, उरुग्वे छैटौँ, स्पेन सातौँ, क्रोएसिया आठौँ, कोलम्बिया नवौँ र अर्जेन्टिना दशौँ स्थानमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…
  • लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत मनरीमा सरोकावाला बीच…