डा . पराजुली भन्छन – ‘सबै भन्दा धेरै सुगर प्रदेश नम्बर ५ मा’

प्रकाशित मिति:

                                                                     डा . नरेश पराजुली 
                                                   बरिस्ठ सुगर थाईराइड तथा हर्मोन रोग विशेषज्ञ
                                                ( मनमोहन मेमोरियल शिक्षण अस्पताल काठमाडौँ )

छोटो समयमा छुट्टै पहिचान बनाउन सफल  डा . नरेश पराजुली बरिस्ठ सुगर थाईराइड तथा हर्मोन रोग विशेषज्ञका रुपमा चिनिनुहुन्छ । उहा मनमोहन मेमोरियल शिक्षण अस्पताल काठमाडौँमा कार्यरत हुनुहुन्छ। प्रत्येक महिनाको पहिलो शनिबार बुटवल को साथि फार्मेसीमा आउने  डा . पराजुली  संग सबलपोस्टका लागि राम प्रसाद भण्डारीले गरेको संक्षिप्त स्वास्थ्य कुराकानी तल प्रस्तुत गरिएको छ :-

विशेषज्ञ डाक्टरहरुको बिध्यमान स्थिती कस्तो छ ? – नेपालको वर्तमान स्थिति हेर्दा नेपालमा करिब २५००० को शंख्यामा डाक्टरहरु रहेका छन्  । सन २०१७ को नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार २२००० चिकित्सक दर्ता भएका छन् र पछिल्लो स्थिती हेर्दा एक जना विशेषज्ञ डाक्टरले करिब ३००० देखि ५००० हजार बिरामी हेर्नु पर्ने स्थिति छ । यो त काठमाडौँको स्थिती, बाहिरको स्थिती हेर्दा १ विशेषज्ञले करिब १५००० बिरामी हेर्नुपर्ने अवस्था छ । तर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप १ जना डा.बराबर १२०० बिरामी मात्र हेर्नु पर्दछ |

नेपालको पछिल्लो स्थितीमा रोग अनुसार बिज्ञता भएको डाक्टर कति हुनुहुन्छ ?-  २०१७ को काउन्सिलको तथ्यांक अनुसार २२००० जनसक्ति दर्ता भएको देखिन्छ तर बिषयगत हेर्दा ६००० आसपास मात्र दर्ता भएको अवस्था छ तर सबै जनाले अस्पताल अथवा बिरामी जाचेको अवस्था भने छैन । कोहि खोज अनुसन्धान तिर हुनुहुन्छ भने कोहि प्राध्यापन तिर केहि प्रोजेक्टमा हुनुहुन्छ भने कोहि सिभील सर्भिस अनि केहि विदेश पलाएन भएको अवस्था पनि छ  ।

तपाइको बिषयको विशेषज्ञ यसको स्थिती के छ अनि भूमिका के छ हजुरहरुको ? – endocrinology मा २०१७ को तथ्यांक अनुरुप केवल १७ जना मात्र रजिस्टर छन् ।
१- बिरामी मा जनचेतना फैलाउने
२- चिकित्सा दिने र सम्भावित परिबर्तनको हिसाबले दीर्घकालीन रुपमा स्वास्थ्य उपचार र परामर्स दिने रहन्छ ।

विशेषज्ञ नै किन त ?

                                                      ♦नेपालको वर्तमान स्थिती हेर्दा
-MBBS अध्ययन गर्दा 12/१३ विषयमा हर्मोन सम्बन्धि अध्ययन भए पनि पूर्ण रुपमा अध्ययन नभएको देखिन्छ
-MD/Medicine विधामा हर्मोन सम्बन्धि विद्या भएपनि नेपालमा PROFESSOR को कमि हुदा पुरा ज्ञान नभएको अबस्था छ
-तर बाहिरको परिपेक्षमा MD/DM/endocrinology ले येही बिषयमा ३ देखि ५ वर्ष लगाएर अध्ययन गरेका हुन्छन  ।

अहिलेको समस्या बारे केहि बताइदिनुहोस् न ?

                                                     ♦अहिलेको परिस्थिति हेर्दा नेपालमा नसर्ने रोग हरु बढ्दो छ जस्तै

                   ♥मधुमेह
                  ♥मानसिक समस्या
                  ♥स्वासप्रस्वास सम्बन्धि समस्या
                  ♥अबुर्द रोग
                  ♥दुर्घटना

१ जस्तै भर्खरै प्रकासीत तथ्यांक अनुसार देशब्यापी अस्पतालमा पुगेका बिरामीको अनुसन्धानमा

 – स्वासप्रस्वास सम्बन्धि ४३%
  -मधुमेह -12%
   -मुटुरोग -४०%
    -अबुर्द रोग -५%      रहेको छ

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको सामुहिक अध्ययनमा  – (एकसय जना व्यक्ति मा गरिएको )
स्वासप्रस्वास : ११.७ %
  -मदुमेह ;८.५%
   -मृगौला : ६ %
    -मुटु : ३ %

 – त्यसमा प्रदेश न ५ मा

-मधुमेह -१०%
 -मृगौला – ७%
 -मुटु समस्या ३ %

सबै भन्दा बढी मधुमेह प्रदेश न ५ मा देखिएको छ । त्यस्तै विभिन्न तथ्यांकमा थाईराइडको समस्या ७-१२ % सम्म देखिएको छ ।

हर्मोन सम्बन्धि समस्या के के हुन् ?
१-मधुमेह(चिनीरोग )
                      २- गर्बकालिन मधुमेह (गर्बाबस्था हुने मधुमेह )
                      ३- थाईराइडको समस्या
                      ४- स्थनबाट दुध चुहिने समस्या
                      ५- महिनावारीको गडबढी महिलाहरुको सरिरमा धेरै रौ उम्रिने ,अनुहारमा धेरै डन्डीफोर आउने, कपाल धेरै झर्ने र बाझोपन
                      ६- पुरुहरुमा स्थन बढ्ने
                      ७- सरिरको उचाई नबडी पुड्को हुने वा धेरै अग्लो हुने
                       ८- लिग़ वा अन्डकोष सानोहुने
                       ९-यौनइच्छामा कमि आउने वा सम्भोग गर्न गार्हो हुने
                       १०-यौबन अवस्था चाडो अथवा ढिला देखिने
                       ११-हड्डी बारम्बार टुट्ने ,हड्डी बंगिने,हड्डी खिइने वा हड्डी सुन्निने
                       १२- सरिरको मोटोपना बढ्ने
                       १३- बारम्बार मृगौलाको पत्थरी हुने
                       १४- हर्मोनको कारणले हुने उच्च रक्तचाप,सानो उमेरमा रक्तचाप बढ्ने वा रक्तचाप अचानक बढेर टाउको दुख्ने ,बान्ता                                       हुने  र पसिना आउने
                       १५- लिङ्ग निर्धारण गर्न गार्हो हुने

बुटवलमा तपाइँ सग परामर्श लिनु परे कहा भेट्न सकिन्छ ? – बुटवलमा साथि फार्मेसी (०७१-५०३२७३) मैत्री पथमा प्रत्येक महिनाको पहिलो सनिबार भेट्न सकिन्छ ।