रोट्रायाक्ट क्लब अफ बुटबल रामापिथेकस द्वारा संविधान दिवसको अवसरमा गर्‍यो सरसफाई

प्रकाशित मिति:

बिपिन नेपाल/बुटवल  – रोग लाग्नबाट बच्न र फुर्तिलो हुन मनिसका लागि स्वास्थ्य र सरसफाई धेरै महत्त्वपूर्ण हुन्छ। विपन्न र स्वास्थ्यबारे बेवास्ता गर्ने र फोहोरका कारण कुनै पनि रोग नलाग्नको लागि रोट्रायाक्ट क्लब अफ बुटबल रामापिथेकस द्वारा चौथो संविधान दिवसको अवसरमा बुटवलको हस्पिटललाईनमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।


रोट्रायाक्ट क्लब अफ बुटवल रामापिथेकसका अध्यक्ष रो.दिपक चापागाईंको नेतृत्व र अनुस्का गौतमको संयोजकमा भएको थियो । सरसफाइमा रोट्रायाक्ट क्लब रामापिथेकसका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थिए। साथै यस सरसफाइ कार्यक्रमा गुड विल फाइनस र क्रेटिभ युवा क्लबले पनि सहभागी जनाएको थियो । यसअघि दुबै हात गुमाकी रुपा रौतालाई समान अनि डेङ्गो रोगलाई मध्य नझरगर्दै रक्तदान कार्यक्रम गरेको क्लबले लुम्बिनी प्रादेशिक अस्पतालमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको रोटट्याक्ट क्लब अफ बुटवल रामापिथेकसका स्पोर्ट्स कोडिनेटर पृथ्वी राज नेपाले जानकारी दिनुभयो ।