नगरपालिकाको गाडीमा बम विस्फोट

प्रकाशित मिति:

भोजपुर – भोजपुरको षडानन्द नगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । प्रवेशद्वार अगाडि पार्किङ गरी राखिएको गाडीमा शुक्रबार बिहान ३ बजे प्रेसरकुकर बम विस्फोट गराइएकोे प्रहरीले जनाएको छ ।

विस्फोट भएको उक्त स्थानमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा पनि भेटिएको छ । पर्चामा संविधानको विरोध गर्दै दलाल पुँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको प्रहरीले बताएको छ । त्यस्तै नगरपालिका कार्यालयको भवनपछाडि शंकास्पद वस्तु समेत फेला परेको छ । शंकास्पद वस्तु निस्क्रिय पार्न खाँदबारीबाट नेपाली सेनाको टोली आउँदै गरेको प्रहरीले जानकारी दिएको छ ।