बलात्कारीलाई ७ वर्ष ६ महिना कैद सजाय

३ आश्विन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


धादिङ – सिद्धलेक गाउँपालिका २ की मानसिकरूपमा कमजोर एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले एक जनालाई सात वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको एकल इजलासले सिद्धलेक गाउँपालिका–२ का ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी)ले बलात्कार गरेको ठहर गर्दै बिहीबार सो सजायको फैसला सुनाएको हो । पीडिलाई रु ५० हजार क्षपिूर्तिसमेत दिनसमेत योगीको नाममा आदेश जारी भएको जिल्ला अदालतले जनाएको छ ।

योगीलाई कसुर गरेको ठहर गर्दै न्यायाधीश पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ९३० ङ बमोजिम सात वर्ष कैद, मानसिक अवस्था कमजोर भएकी महिलालाई जबर्जस्ती करणी गरेकाले थप छ महीना कैद र पीडित पक्षलाई रु ५० हजार क्षपिूर्ति भराउन फैसला गर्नुभएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दङ्गालले जानकारी दिनुभयो ।

मुद्दा जिल्ला अदालमा विचाराधीन रहेकै बेला घरमा आगोले पोलेर उपचारका क्रममा विसं २०७५ फागुन १९ गते पीडितको शिक्षण अस्पालमा मृत्यु भइसकेको छ । चौध पटकको इजलासमा मुद्दा फैसला भएपछि मृत्यु भएकै भए पनि आरोपितले सजाय पाएको र न्याय मर्दैन भन्ने विश्वास पलाएको अपाङ्गता भएका व्यक्तिको अधिकारका क्षेत्रमा काम गर्दै आउनुभएका गुणराज खविडाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले २०७५ असोज १ गते किटानी जाहेरी दर्ता भएको थियो । घटना अनुसन्धानपछि असोज २१ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको र १४ पटकको पेसीपछि जिल्ला अदालतले सो मुद्दा फैसला गरेको श्रेस्तेदार दङ्गालले बताउनुभयो । – रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गुल्मी र पाल्पाका शिक्षकहरुका लागि १० दिने टिपिडी तालिम पाल्पामा…
  • ग्लोबल आइएमई बैंकले ल्यायो ग्लोबल स्मार्टमा ‘क्यास ब्याक’ योजना
  • अब एउटा बैंकको एटिएम कार्ड प्रयोग गरी अर्को बैंकको एटिएमबाट…
  • चन्द्रागिरी हिल्सको आईपीओ आज वाट बिक्री खुला
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्बोधन गर्ने
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरीका च्याप्टरको पहलमा न्युयोर्क शहर मेयर…
  • कोरोना संक्रमण फैलिएपछि जापानको राजधानी टोकियोमा संकटकाल घोषणा
  • तपाईंको आज
  • कृषि सम्भाव्यता अध्ययन गर्न किसान नेता भट्टराईको अध्यक्षतामा समिति गठन
  • बर्डफ्लू सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह