प्रदेश ३ खेलकुद हब – सदस्य सचिव भण्डारी

प्रकाशित मिति:

चितवन – कालिका मिडियाको गैरबशाली १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित दोस्रो कार्यक्रम अन्तर्गत शिक्षक तथा प्रध्यापकहरु बिचको फुटसल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । क्षेत्रपुर स्थित चितवन ईन्डोर स्कोर एण्ड फनपार्कमा सुरु भएको प्रतियोगितामा ४६ वटा सैक्षिक संस्थाहरु सहभागी रहेको कालिका एफ एमका स्टेशन म्यानेजर ओम प्रकाश आचार्यले बताउनु भयो । कालिका मिडियाका निर्देशक दिपक पौडेलको अध्यक्षतामा भएको कार्यक्रम प्रदेश नम्वर ३ खेलकुद विकास परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीको प्रमुख आतिथ्यता थियो ।

प्रमुख अतिथी रहेका भण्डारीले प्रदेश नम्बर ३ लाई खेलकुदको हब बनाउने उदेश्य लिएको बताए । उनले समस्त प्रदेश बासीको लागि खेलको पहुच पुर्याउने समेत बताए । खेलकुदले मनिसलाई स्वस्थ , फुर्तिलो र तन्दुरुस्त बनाउने हुँदा सबै खेलकुदको संरक्षणमा लाग्नु पर्ने बताए । देशलाई चिनाउने सजिलो माध्यम खेलकुद रहेको र प्रदेश ३ का बिभिन्न खेलका खेलाडीलाई खोजी खोजी उनिहरुलाई थप आकर्षण गर्ने बताए ।  जिल्ला समन्वय समिति चितवनका सदस्य कृष्णप्रसाद अधिकारी, पोखरा विश्वविधालयका सभासद एवं एनपिआई कलेजका प्रवन्ध निर्देशक बाबुराम उपाध्याय, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्रराज गिरी. हिसानका केन्द्रिय सदस्य राजेश्वर खनाल, नेपाल शिक्षक महासंघका सचिव रामजी भण्डारी, जिल्ला फुटबल संघ चितवनका अध्यक्ष श्रीकृष्ण कार्की, व्याब्सन चितवनका भानुभक्त अर्याल, बटुकलाल तामाङ, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्विसेजका अच्युत चालिसे, सेन्ट्रल कलेजका प्रवन्ध निर्देशक यज्ञविलास पौडेल, पुरानो मेडिकल कलेज भरतपुरका जनसम्र्पक विभाग प्रमुख दुर्गा न्यौपाने डा. असिम मोजु, डा. अविनास राम राष्ट्रिय रेफ्रि प्रकाश भुजेल लगायत अतिथि रहनुभएको थियो । औपचारिक कार्यक्रम सकिएसँगै सार्बजनिक भएको टाईसिट अनुसार खेल सुरु भएको छ ।

जनप्रिय मावि र एनपीआईविच पहिलो खेल जारी छ । गत वर्ष कालिका मिडियाको १६ औं वार्षिकोत्सवको अवसरमा पहिलो पटक शिक्षक तथा प्राध्यापकहरु बिच फुटसल प्रतियोगिता आयोजना गरिएको थियो । सो अवसरमा पुरानो मेडिकल कलेज भरतपुरले उपाधि हात पारेको थियो । नेपालमै यति धेरै टिम सहभागी यो फुटसल प्रतियोगिता रहेको कालिका मिडियाको दाबी छ ।  गत वर्ष देखि यो खेल आयोजना गरिएसंगै चितवन र नवलपरासी जिल्लाका विभिन्न शैक्षिक संस्थामा कार्यरत शिक्षक तथा प्राध्यापकहरु उत्साहित हुने गरेका छन् । यही असोज ५ गते सम्म जारी रहने प्रतियोगिताको बिजेताले नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने उपबिजेताले नगद २० हजार र तेस्रो हुनेले नगद १० हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । कार्यक्रमको मुख्य प्रायोजकमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्विसेज नारायणगढ रहेको छ भने प्रायोजकहरुमा सेन्ट्रल कलेज नारायणगढ र सगरमाथा टेलरिङ एण्ड सर्टिङसुटिङ नारायणगढ रहेका छन् । कार्यक्रमको हेल्थ पार्टनरमा पुरानो मेडिकल कलेज भरतपुर रहेको छ ।