दाङको जंगलमा महिलाको शव फेला

प्रकाशित मिति:

बुटवल – शुक्रबार दाङको एक जंगलमा च्याउ टिप्न गएका बालबालिकाहरुले एउटी बेबरिसे महिलाको शव फेला पारेका छन् । अन्दाजी ३५ वर्षीया महिलाको शव लमही ७ उचानिम्भु सामुदायिक वनमा च्याउ टिप्न गएका बालबालिकाले देखेर प्रहरीलाई खबर गरेका हुन् ।

उक्त शव सडेगलेको अवस्थामा रहेकोले अमेलिया इलाका प्रहरी कार्यालयले थप अनुसन्धानका लागि सदरमुकाम पठाएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए ।