अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन

सातौं प्रधानमन्त्री

प्रकाशित मिति:

सिड्नी–सत्तारुढ लिबरल पार्टी भत्रैको नाटकीय विद्रोहसँगै अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिएका छन् । सन् २००७को निर्वाचनपछिको अवधिमा सातौं प्रधानमन्त्रीका रुपमा उनले पदभार ग्रहण गर्न लागेका हुन्। सुधारवादी समूहका म्याल्कम टर्नबुललाई उनकै लिबरल पार्टीका कट्टरपन्थीहरुले पदबाट हटाएका हुन् ।

पूर्व गृहमन्त्री एवं सत्तारुढ लिबरल पार्टी भित्र दक्षिणपन्थी धारको प्रतिनिधित्व गर्ने पिटर डटनले टर्नबुलका सुधारवादी कदमहरुको विरोध गर्दै आएका थिए। अस्ट्रेलियाको राजधानी क्यानबेरामा भएको पार्टी संसदीय दलको निर्वाचनमा हाल अर्थमन्त्री रहेका मरिसनले टर्नबुललाई ४५–४० मतान्तरले पराजित गरेका हुन्। पराजित भएलगत्तै टर्नबुलले साथीहरुबाट आफूमाथि धोखाधडी भएको र पिठ्युँमा छुरा हानिएको प्रतिक्रिया दिएका छन्। तर प्रधानमन्त्रीमा निर्वाचित डाटनले भने आफ्नो सम्पूर्ण सहयोग स्कट मरिसनलाई हुने प्रतिकृया दिएका छन्।

तीन वर्षदेखि सत्ताको बागडोर सम्हालिरहेका टर्नबुलमाथि पार्टी भित्र गत मंगलबार अविश्वासको प्रस्ताव ल्याइएको थियो जुन प्रस्ताव अस्वीकृत भएको थियो। तर, केही मन्त्रीहरुले एकपछि अर्को गर्दै राजीनामा दिनथालेपछि सरकारमाथि सङ्कट आइलागेको थियो। टर्नबुलले अब गभर्नर–जनरल समक्ष सत्तारुढ दलभित्रको घटनाक्रमबारे जानकारी गराउने छन् ।गभर्नरले नयाँ सरकार गठन गर्नका लागि आह्वान गर्नेछन्। मरिसन आप्रवासी नीति कडा बनाउनुपर्ने पक्षधर नेता हुन्। रासस