रोटरी क्लब अफ बुटबल डाउनटाउनद्वारा बिद्यालय स्तरिय वतृत्वकला सम्पन्न

प्रकाशित मिति:

बुटवल – रोटरी क्लब अफ बुटबल डाउनटाउनले सामाजिक विषयमा रोटरीको भुमिका भन्ने विषयमा बिद्यालय स्तरिय बतृत्वकला सम्पन्न गरेको छ । रोट्¥याक्ट क्लब अफ बुटवल रामापिथेकस, रोट्¥याक्ट क्लब अफ बुटबल डाउनटाउन, रोट्¥याक्ट क्लब अफ सिनर्जीको संयुक्त आयोजनामा भएको कार्यक्रममा रुपन्देहीका १० वटा विद्यालयबाट सहभागि भएका थिए । कार्यक्रममा प्रथम स्थान क्यानन बोर्डिङ स्कुल, द्धितिय स्कलर्स होम बोर्डिङ स्कुल र तेस्रो स्थान दिप बोर्डिङ स्कुलले प्राप्त गरेका छन् ।

कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रीक अवार्ड कमिटी चियर नुगल आनन्द वैद्यले रोटरी क्लबहरुले सामाजिक क्षेत्रमा निकै ठुलो महत्वपूर्ण भुमिका खेलेको बताए । रोटरी क्लबहरुले शिक्षा स्वास्थ्य खेलकुद लगायतका विभिन्न बिषयहरुलाई प्राथामिकताका साथ अगाडी बढाएको बताए । कार्यक्रममा रोटरी डिष्ट्रीकका एसिष्टेन्ट गभर्नर इन्द्र रिसाल, राजेन्द्र ढकाल, पूर्व अध्यक्ष जिवन अधिकारी, पिताम्वर ज्ञवाली लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम रोटरी डाउनटाउनका अध्यक्ष तुल्सी घिमिरेको अध्यक्षता तथा बाबुराम बञ्जाडेको संचालनमा सम्पन्न भएको थियो ।