सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको प्रतिनिधित्व सोमनाथले गर्ने

प्रकाशित मिति:

तेश्रो सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको तर्फबाट जिपी कोइराला फाउण्डेशन अमेरिका संयोजक सोमनाथ घिमिरेले प्रतिनिधित्व गर्दै छन् । आगामी २६ तारिख न्यूयोर्कको म्यानहाटनमा आयोजना हुने सामुदायिक बिद्यालय सहभागि हुने कार्यक्रम, ग्रिन स्कुल कन्फ्रेन्सका लागि स्पिकरका रुपमा घिमिरे चयन भएका हुन् ।

अमेरिका, क्यानडा लगायत विश्वभरका सामुदायिक बिद्यालयका प्रतिनिधिहरु सहभागि हुने अन्र्तराष्ट्रियस्तरको सामुदायिक बिद्यालय सम्मेलनमा एक हजार जनाले सहभागिता जनाउँदै छन् । सम्मेलनमा विश्वभरबाट १० जनाले सामुदायिक बिद्यालयको अवस्था, स्तरोन्ती, बिद्यालय सुधारका लागि हाल सम्म भएका प्रयासहरु, सरकारी तवरबाट थप गर्नुपर्ने सेवा, सुविधा लगायतका बिषयमा बोल्नेछन् ।

राजनीतिक संगै सामाजिक कार्यमा सक्रिय घिमिरेले आफुलाई विश्वभरका सहभागिहरु मध्येबाट वक्तामा चयन गरेकोमा संस्थाप्रति धन्यवाद दिँदै नेपाल र नेपाली समुदायको प्रतिनिधित्व गर्दै नेपालका सामुदायिक बिद्यालयहरुको सुधारका बारेमा आफुले धारणा राख्ने बताए ।न्यूयोर्क निवासी घिमिरे एनएसयू अमेरिका क्यानडा अध्यक्षका पूर्व अध्यक्ष, जनसम्पर्क समिति न्यूयोर्कका पूर्व अध्यक्ष, डेमोक्र्याटिक युथ काउन्सिलका संस्थापक लगायतका बिभिन्न सामाजिक तथा राजनीतिक समितिमा रहेर काम गरिसकेका छन् । नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री स्वर्गिय गिरीजाप्रसाद कोइरालाको सम्झनामा प्रजातन्त्र, शान्ति र बिकासमा सहकार्य गर्ने उदेश्यले जिपी कोइराला फाउण्डेशन स्थापना गरिएको छ । – खसोखास