संविधान दिवस राजपाले कालो दिनका रुपमा मनायो

प्रकाशित मिति:

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालले संविधान जारी भएको दिन अर्थात संविधान दिवसलाई कालो दिनका रुपमा मनाएको छ । राजपाले काठमाडौँस्थित पार्टी कार्यालयमा कालो दिनका रुपमा मनाएको नेता केशव झाले जानकारी दिए ।

राजपाले संविधान संसोधनको माग गर्दै आइरहेको छ । राजपाले संविधान विभेदकारी, त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग गर्दै आइरहेको छ । यसअघिको निर्णयअनुसारै राजपाले केन्द्रीय कार्यालयमा समेत कालो दिवस भन्दै विरोध कार्यक्रम आयोजना गरेको हो । राजपाले प्रदेश नम्बर २ का सबै जिल्लामा आज व्ल्याक आउट गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।