संबिधानका बारेमा तीन प्रकारका प्रवृति छन : नवराज सुवेदी

प्रकाशित मिति:

बसन्त आचार्य- बुटवल/नेपालको संबिधान २०७२ मा तीन प्रकारका प्रवृति रहेको समाजवादी पार्टीका केन्दि«य उपाध्यक्ष नवराज सुवेदीले बताउनु भएको छ । समाजवादी पार्टी प्रदेश नं. ५ ले आज बुटवलमा आयोजना गरेको “सबिधान संसोधनको अपरिहार्यता र आबश्यकता” विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै कालो दिनका रुपमा मनाउने वा सबिधान खारेजको माग गर्ने , संबिधानलाई परिर्वतन तथा संसोेधन गर्न हुन्न भन्ने पक्ष र संबिधानमा भएका कमी कमजोरीलाई र संसोेधन गर्नु पर्दछ भन्ने पक्ष गरी वर्तमान संबिधानमा तीन प्रकारका प्रवृति रहेको बताउनु भयो । साथैे समाजवादी पार्टी संबिधान समय अनुसार परिर्वतन हुदैँ जाने भएकाले संबिधानमा भएका केही कमी कमजोरीलाई संसोधन गर्नु पर्दछ भन्नेमा आफूहरु रहेको सुवेदीले बताउनु भयो ।

अहिलेको निर्वाचन प्रणाली निके धेरै र्खचिलो भएकाले गर्दा पनि धेरै भष्ट्रचार बढ्दै गएको बताउँदै यसलाई रोक्नको लागि सबिधान संसोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानु पर्ने बताउनु भयो । साथै दशैँ लगतै बस्ने पार्टीको केन्दि«य पदाधिकारीको बैठकले पार्टी अब सरकारमा बस्ने वा नबस्ने भन्ने बारेमा ठोस निर्णय लिने बताउनु भयो । सोेही अन्तरक्रिया कार्यक्रममा वाम विश्लेष्क सिद्धिचरण श्रेष्ठले विगतको संबिधान भन्दा वर्तमान संविधान प्रगतिशील र गतिशिल रहेता पनि यसका सकारात्मक पक्षमा कम चर्चा गरिएको बताउनु भयो । नेपाली राजनितीमा सबै भन्दा ठूलो समस्या पार्टी एक हुने र विघटन हुने गरेको बताउनु भयो । साथै उँहाले अर्र्बैका भष्ट्रचार राष्ट्रिय सहमतिमा हुने गरेको आरोप लगाउनु भयो । कार्यक्रममा पूर्व मन्त्री एवं समाजवादीका प्रदेश इन्चार्ज दान बहादुर चौधरी, पूर्वमन्त्री एबं केन्दि«य सदस्य राम वचन यादब , केन्दि«य सदस्यहरु मनिकर कार्की, देवेन्द« पाण्डे, रामशौस तिवारी, प्रदेश अध्यक्ष अशोक यादब, पदेश संसदीय दलका नेता सहसराम यादव, प्रदेश सांसद शन्तोष पाण्डे र विजय वहादुर यादव र समाजवादी महिला संघकी उपाध्यक्ष सुनिता काफ्लेले बर्तमान सबिधानमा केही कमजोरी भएकाले सरकारलाई ती कमजोरी माथि संबिधान संसोधन गर्नका लागि दवाब दिन आफूहरुले संबिधान दिवशलाई न त विरोधको रुपमा र न त खुसियालीको रुपमा नमनाएको बताएका थिए । अन्तरक्रिया कार्यक्रम समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोक यादव तथा मुख्यसचिब यज्ञ पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।