संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने

३ आश्विन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
14 Shares


काठमाडौं – संविधान दिवसको अवसरमा संयुक्त अरब इमिरेट्स यूएईको दुबईस्थित संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको झण्डा झलमलाइँदै लाइट अप छ। स्थानीय समय अनुसार राती १० बजे बुर्ज खलिफामा झन्डा झलमल्याइन लागेको युएईस्थित नेपाली राजदूतावासले जनाएको छ।‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को सुखद अवसरमा स्थानीय समयानुसार आज साँझ १० बजे नेपालको राष्ट्रिय झण्डा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा पहिलो पटक झलमलाइँदै,’ राजदूतावासको फेसबुक पेजमा लेखिएको छ।२०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो। हरेक वर्ष असोज तीनलाई संविधान र राष्ट्रिय दिवसको रूपमा मनाइन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया