सिद्धार्थ मेमोरियललाई नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिताको उपाधि

३ आश्विन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
0 Shares


अनिता चौधरी-सैनामैना, असोज ३-सैनामैना नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिताको उपाधि श्री सिद्धार्थ मेमोरियल एकेडेमीले हात परेको छ । म्युजिक इन्टरटेमेन्ट प्रा।लिद्वारा संचालित ८९।३ किस एफ। एमको आयोजना तथा सैनामैना नगरपालिकाको सहयोगमा चौथो संविधान दिवसको अवसर परेर अयोजना गरेको अन्तर विद्यालय स्तरिय हाजिरि जवाफ प्रतियोगिता २०७६’ को उपाधि सैनामैना ८ मा रहेको श्री सिद्धार्थ मेमोरियल एकेडेमीले हात परेको छ । सिद्धार्थले नगद रु पन्ध्र हजार ९१५,०००० शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्न सफल भएको छ । यसैगरी सुनगाभा पब्लिक माध्यमिक विद्यालयले द्वितीय स्थान हासिल गरेको छ । सुनगाभाले नगद रु दश हजार ९१०,०००० सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । यसैगरी रामापुर रिभाइबल इ¨लीस स्कुल तृतिय हुन सफल भएको छ । रिभाइबलले नगद रु छ हजार ९६,०००० सहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ भने प्रभात अवसीय मध्यमिक विद्यालय सान्त्वना हुन सफल भएको छ । प्रभातले नगद रु तीन हजार ९३,०००० र प्रमाण–पत्र प्राप्त गरेको छ ।सिसो सैनामैना रुपन्देहीका अध्यक्ष कृष्ण शर्मा पवनले विद्यार्थीहरुमा रहेको प्रतिभालाई प्रस्फुट गर्न यस कार्यक्रमले सहयोग मिल्ने बताउनु भयो।

उहाँले “जिवन एउटा युद्ध हो” त्यसकारण यस्ता खालका प्रतियोगितामा सहभागिता जनाउन सम्पूर्ण विद्यालय तथा विद्याथीलाई अनुरोध गर्नुभयो। उहाँले प्रतियोगितालाई प्रतिस्पर्धाको रुपमा मात्र नलिएर ज्ञान अथाव सिकाइका लागि लिन विद्यार्थीहरुलाई आग्रह गर्दै विजयी विद्यार्थीहरुलाई बधाई एवम् शुभकमना व्यक्त गर्नुभयो । कुइज मस्टर राजु भण्डारीले “हार जित एउटा सिकाइको पाटो हो” भन्दै विद्यार्थीले सफलताको गतिलाई निरन्तर द्रुत रुपमा अगाडी बढाउन सुझाउदै विजयी विद्यँर्थीहरुलाई शुभकमना व्यक्त गर्नुभयो ।कार्यक्रम संयोजक अनिता चौधरीले सैनामैना नगरपालिका भित्र रहेका सामुदायिक तथा निजी विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको र कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाउन सहयोग सम्पूर्णमा धन्यावद ज्ञापन गर्नुभयो ।सैनामैनाका सामुदायिक र निजी विद्यालयबाट ११ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा दुई चरणमा कार्यक्रम संचालन गरिएको थियो । पहिलो चरणमा ११ ओटै विद्यालयलाई १५ ओटा वस्तुगत प्रश्न दिई उत्कृष्ण ६ विद्यालयलाई फाइनल चरणका लागि छनोट गरिएको थियो । कार्यक्रम किस एफ।एमकी समाचार प्रमुख एवम् कार्यक्रम संयोजक अनिता चौधरीको अध्यक्षता सिसो सैनामैना, रुपन्देहीका अध्यक्ष कृष्ण शर्मा पवन को प्मुख अतिथ्यता तथा किस किस एफ।एमका एम।डी कृष्ण भण्डारी संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया