डा. कार्कीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझायो ज्ञापनपत्र

३ आश्विन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
16 Shares


वासिंगटन डिसी- विदेशमा रहेका नेपालीहरुलाई मतदानको तत्काल प्रबन्ध मिलाउन नेपाली जनसम्पर्क समिति,अमेरिकाले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।सर्वोच्च अदालतले एक वर्ष पहिले नै यस्तो व्यवस्था गर्न सरकारका नाममा आदेश समेत जारी गरिसकेको छ । तर सर्वोच्च अदालतको आदेशलाई समेत वर्तमान सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै जनसम्पर्क समितिले अब कुनै बिलम्ब तुरुन्त आवश्यक पहल गर्न सरकार समक्ष ज्ञापन पत्र पेश गर्दै आग्रह समेत गरेको छ ।नेपाली कांग्रेसले भदौ २४ देखि जारी राखेको राष्ट्रिय जागरणको दोश्रो चरणको कार्यक्रम अन्तर्गत विदेशस्थित जनसम्पर्क समितिले सम्बन्धित मुलुकका दूतावास वा कन्सुलेट अफिसमार्फत यस्तो ज्ञापन पत्र बुझाउन निर्देशन जारी गरेको छ ।सोही निर्देशन अनुसार बिहीवार नेपाली जनसम्पर्क समिति,अमेरिकाले वासिंगटन डिसीस्थित नेपाली राजदूतावास मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सोही ज्ञापन पत्रमा सर्वोच्चको आदेश अनुसार तत्काल मतदानको प्रबन्ध मिलाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको समितिको तर्फबाट नेतृत्व गर्दै दूतावास पुगेका समितिका केन्द्रीय सभापति आनन्द विष्टले जानकारी दिएका छन् ।कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका सभापति विष्ट नेतृत्वको एक प्रतिनिधि मण्डलले राजदूत डा अर्जुन कुमार कार्कीलाई भेटेर ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापन पत्र हस्तान्तरणको सुरुवातमा समितिका महासचिव मुनिन्द्र नेम्वाङ्गले ज्ञापन पत्रका बारे संक्षिप्त चर्चा गरेका थिए भने समितिका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमूख गौतम दाहालले ज्ञापन पत्र पढेर सुनाएका थिए ।सभापति विष्टले ज्ञापन पत्र बुझाएपछि राजदूत डाक्टर कार्कीले समितिको तर्फबाट बुझाइएको ज्ञापन पत्र नेपाल सरकार समक्ष तत्काल पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।नेपाली जनसम्पर्क समिति,अमेरिकाले बुझाएको ज्ञापन पत्र विषयमा गैर आवासीय नेपाली संघ९एनआरएन अमेरिकाले समेत ऐक्यबद्धता जाहेर गरेको छ ।एनआरएनले दोहोरो नागरिकताको मागलाई निरन्तर उठाई रहेको सन्दर्भ जोड्दै ज्ञापन पत्र बुझाउने प्रतिनिधि मण्डलमा सहभागी एनआरएन अमेरिकाका उपाध्यक्ष कृष्णजीवी पन्थले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश कार्यान्वयन गर्न सरकारलाई खबरदारी गर्ने गरी समितिले गरेको पहलको सह्राहना गर्दै समितिले उठान गरेको विषयमा ऐक्यबद्धता जाहेर गरेका थिए ।यसैगरी एनआरएन अमेरिका,मेरिल्याण्ड च्याप्टरका अध्यक्ष डोलनाथ घिमिरेले पनि जनसम्पर्क समितिले उठान गरेको एजेन्डामा ऐक्यबद्धता जाहेर गरे ।को को सहभागी थिए राजदूतावासमा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा सहभागीहरुको विवरण यस्तो छ

फेसबुकबाट तपाईको प्रतिक्रिया