पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज

प्रकाशित मिति:

काठमाडौँ –पशुपतिनाथ मन्दिरको गेट अगाडि शंकास्पद वस्तु फेला परेको छ ।पशुपतिनाथ मन्दिरको दुई नम्बर गेट प्रवेशद्वार नजिक बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको हो ।शंकास्पद वस्तु देखिएपछि सर्वसाधारणले प्रहरीलाई खबर गरेका थिए ।खबर पाएलगत्तै महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले घटनास्थललाई नियन्त्रणमा लिएर डिस्पोजका लागि नेपाली सेनालाई खबर गरेको थियो ।

गौशाला वृत्तका अनुसार केही समय अघि सेनाको डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु डिस्पोज गरेको छ । उक्त वस्तुमा तार बेरिएको अवस्थामा रहेको थियो । उक्त शंकास्पद बस्तु बम भएको वा नभएको बारे प्रहरीले केही बताएको छैन ।प्रहरीका अनुसार घटनाबारे अनुसन्धान गरेपनि आसपास अन्य कुनै शंकास्पद वस्तु भने फेला परेन ।