खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?

३ आश्विन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
22 Shares


भविष्यमा लाग्न सक्ने कुनैपनि किसिमको संभावित रोगबाट शरीरलाई बचाइराख्न खोप लगाउने गरिन्छ । खोपले हामीलाई भविष्यमा हुनसक्ने संभावित रोगको खतराबाट सुरक्षित गराउँछ । त्यसैले शारीरिक स्वास्थ्यको आधारभूत कुरा हो, खोप ।खोपले शरीरमा यस्तो प्रतिरोधी क्षमताको विकास गर्छ, जसले गर्दा कतिपय संभावित रोग लाग्न सक्दैन । खोप भनेको खासगरी सुईको माध्यामबाट सम्बन्धित रोगका मृत वा कमजोर व्यक्टेरिाया मानिसको शरीरमा प्रवेश गराइन्छ । रोग प्रतिरोध गर्ने एन्टिबडी उत्पादन गर्न श्वेत रक्तकोषलाई सक्रिय पारिन्छ ।यसरी शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि सानै उमेरमा खोप दिने गरिन्छ । यसले उनीहरुलाई आजीवन कतिपय रोगबाट बचाउँछ । खासगरी बालबालिकालाई स्वस्थ्य राख्न, अपाङ्गताबाट बचाउन, गंभिर रोग लाग्न नदिन खोपहरुको निर्धारित मात्रा पुरा गर्नुपर्छ ।

 खरेलकुन रोग विरुद्ध खोप =भ्यागुते रोग, लहरे खोकी, धनुष्टांकर, हेपाटाइटिस ‘बी’, हेमोफिलस इनफ्लुएन्जा, जापानिज इन्सफ्लाइटिस, निमोनिया, दादुरा रुवेला जस्ता रोगबाट बच्न सानै उमेरमा खोप दिइन्छ । यसैगरी १२ महिनामा जापानिज इन्सफ्लाइटिस र १५ महिनामा दादुरा रुवेलाको दोस्रो डोज पनि दिइन्छ ।जबकी खोपको विकास हुनुपूर्व वा खोपको प्रयोग अघि यी रोगबाट कैयौं बालबालिकाको मृत्यु हुन्थ्यो, अंगभंग हुन्थे । बच्चा जन्मिएको एक बर्षभित्र अहिले यी रोग विरुद्ध खोप दिने गरिन्छ । यी खोपबाट संभावित खतरा टार्न सकिन्छ ।गर्भवतीलाई पनि=गर्भमा रहेको बच्चासँग गर्भवती महिलाको स्वास्थ्यको प्रत्यक्ष सम्बन्ध हुन्छ । त्यसैले बच्चा गर्भमा रहेकै बेला गर्भवती महिलालाई पनि केही खोप दिइन्छ । गर्भवतीलाई खासगरी धनुष्टांकार र भ्यागुते रोग विरुद्ध खोप दिइन्छ ।यसकारण आवश्यक छ खोप बच्चा जन्मिएपछि दम्पतीले खोप लगाउने कुरामा बेवास्ता गर्नुहुँदैन । एक बर्षभित्र विभिन्न रोग विरुद्धको खोप लगाउनुपर्छ । यसरी खोप लगाएपछि के हुन्छ त बच्चा जन्मिएपछि खोप तालिका अनुसार तोकिको समयमा, तोकिएका सबै खोपहरु लगाउँदा बालबालिकामा सरुवा रोगसँग लड्ने क्षमता विकास हुन्छ । बालबालिकामा रोग लाग्ने दार, अपांगता हुने दर र मृत्यु हुने दरमा कमी आउँछ । विभिन्न किसिमको सरुवा रोगबाट बच्न सकिन्छ।त्यसैले बच्चा जन्माएपछि दम्पतीले बच्चालाई दिइने खोपबार जानकारी लिनुपर्छ ।

कुन खोप कहिले दिने, कहाँबाट दिने भन्नेबारे स्पष्ट रुपमा बुझ्नुपर्छ ।निशुल्क उपलब्ध यहाँ उल्लेखित खोपहरु लगाउनका लागि कुनै शुल्क तिर्नुपर्दैन । नेपाल सरकारले निशुल्क रुपमा ति खोप उलब्ध गराउँछन् ।कहाँ लगाउने कुनैपनि खोप लगाउनका लागि आफुलाई पायक पर्ने स्वास्थ्य स्वास्थ्यमा गए हुन्छ । स्वास्थ्य संस्थाले कतिपय खोप लगाउनुअघि त्यसको मिति तय गरेको हुन्छ । त्यसैले कुन दिन उक्त खोप लगाइने हो, सोबारे चासो राख्नुपर्छ । उपयुक्त समयमा नै खोप लगाउनुपर्छ ।कुन खोप कहिले वि।सि।जी-यो खोप जन्मनसाथ लगाइन्छ । यसलाई एक डोज लगाए पुग्छ । यसले क्षयरोग विरुद्ध काम गर्छ ।डि।पि।टी हेपर बि हिबयो खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक लगाउनुपर्छ । यसले भ्यागुते रोग, लहरे खोकी, धनुष्टांकार, हेपाटाइटिस बि, हेमाफिलस बिबाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँछ ।पोलियो पोलियोको खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक दिइन्छ । यसले पोलियोमाईलाइटिसबाट जोगाउँछ ।एफआइपीभी यो ६ हप्ता र १४ हप्ताको उमेरमा दिइन्छ । दुई पटक दिनुपर्छ । यसले रोटा भाइरसद्वारा हुने पखला बिरुद्ध काम गर्छ ।पि।सी।भी। यो खोप ६ हप्ता, १० हप्ता र ९ महिनाको उमेरमा दिइन्छ । यो तीन पटक दिइन्छ । यसले न्युमोकोकसबाट हुने मेनिजाइटिस र निमोनियाबाट बचाउँछ ।दादुरा रुबेला यो खोप ९ महिना र १५ महिनाको उमेरमा दिइन्छ । यसले दादुरा, रुबेलाबाट जोगाउँछ ।जे।ई=यो खोप १२ महिनाको उमेरमा दिइन्छ । यसले जापानिज इन्सेफलाइटिसबाट बचाउँछ ।टी।डी।=यो खोप गर्भवती महिलालाई दिइन्छ । यसले धनुष्टांकार र भ्यागुते रोगबाट बचाउँछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया