वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ

प्रकाशित मिति:

काठमाडौँ –वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।लाजिम्पाटस्थित शिखर ईन्टरनेशनल म्यानपावरमा काम गर्ने तार्केश्वर नगरपालिका–२ की ३७ वर्षीया पद्मा जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।उनलाई लाजिम्पाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । कतार प्रहरीमा डिमाण्ड छ भन्दै जोशीले एकजनासँग ६ लाख ठगेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

उनले मासिक तलब ६ हजार रियाल तलब हुने भन्दै आफ्नो बैंक खातामा करिब ६ लाख रुपैयाँ जम्मा लगाएको पीडितको आरोप छ ।जोशीलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ ।