बालमैत्री बन्दै नवलपरासीका नगरहरु

प्रकाशित मिति:

एक महीना भित्रै घोषणा हुन्छ मेयर गुप्ता
प्रकाश न्यौपाने
नवलपरासी, । नवलपरासीका स्थानिय तहहरु बालमैत्री बनाउने तयारीमा लागीरहेका छन् । नेपालकै पहिलो बालमैत्री नगरको रुपमा नवलपरासीको सुनवल नगरपालिका भएसंगै अन्य स्थानिय तहहरुलाई निकै दवाव परेको देखीन्छ । यसो त नवलपरासीका मात्र स्थानिय तहलाई मात्र दवाव परेको होइन अन्य छिमेकी जिल्लाहरुमा रहेका नगरहरुलाई समेत दवाव परेको देख्न सकिन्छ भने नेपालमा नै अव बालमैत्री स्थानिय शासनको लहर आउने देखिएको छ ।
बालमैत्री नगरका लागी रामग्राम नगरपालिका तिब्र रुपमा अगाडि बढेको रामग्राम नगरपालिकाका नगर प्रमुख मेयर नरेन्द्र गुप्ताले बताए । उनि भन्छन् –“हामीले सबै सुचकहरु पुरा गरेका छौं, अबको एक महिना भित्रमा नै बालमैत्री नगर घोषणा हुदै छौं ।”
रामग्राम नगरपालिकाले बालमैत्री घोषणका लागी आवस्यक पर्ने बालमैत्री घोषणाका लागी आवस्यक पर्ने ३९ वटा सुचक र आफुले नै निधारण गरेको एउटा सुचक गरी ४० वटा सुचकहरु पार गरीसकेको र समय समय मिलाएर एक महीना भित्रै रामग्राम नगरपालिकालाई बालमैत्री घोषणा गरीने मेयर गुप्ताले जानकारी दिए ।
त्यस्तै बर्दघाट नगरपालिका पनि बालमैत्री नगर घोषणाका लागी आवस्यक पर्ने सुचाड्डहरुलाई छलफल गरीरहेको नगर प्रमुख मेयर धिरज शर्माले बताए । शर्मा भन्छन –“ बर्दघाट नगरपालिका बालमैत्री घोषणा गर्ने लक्ष्य लिएर अगाडी बढ्दै बालबालिकाहरु तथा विभिन्न सरोकारवालाहरुसंग समन्वय सहकार्य गरेका छौ ।“
भदौ १ गते देखी लागु गरीएको मुलुकी ऐन अनुसार १८ बर्ष उमेर मुनीका व्यक्तिहरुलाई बालबालिकाहरुका मानिने र सो उमेर समुहका बालवालिकाहरुलाई बाल दुव्र्यहार, बाल श्रम, बाल विवाह, बालअधिकार हनन जस्ता घटनाहरुलार्ई रोकी बाल अधिकार, बाल वृद्धि–विकास, बाल सहभागिता र बाल संरक्षण गनुपर्ने सुचकहरु रहेका छन् ।