जनपत्रकार संगठनको अन्तरक्रिया सम्पन्न, प्रेस स्वतन्त्रता तथा मानवअधिकार गम्भीर संकटमा

प्रकाशित मिति:

बुटवल –जनपत्रकार संगठन नेपाल केन्द्रिय समितिले बुटवलमा आयोजना गरेको मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं बर्तमान राजनीति अवस्था विषयक अन्तरक्रियामा बोल्ने बक्ताहरुले प्रेस स्वतन्त्रता र मानवअधिकार गम्भीर संकटमा रहेको बताएका छन शनिबार बुटवलमा भएको अन्तरक्रियामा बोल्ने अधिकांश बक्ताले संविधानमा लेखिएका कुराहरु सरकारले नै पालना नगरेको भन्दै असन्तुष्ट व्यक्त गरे । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका प्रदेश सभा सदस्य भोजप्रकाश श्रेष्ठले संविधान कार्यान्वयन भैसकेको वा कार्यान्वयन नभएको बारे छलफल गर्ने समय भैनसकेको भन्दै पत्रकार, नागरिक समाज, बुद्दिजिविहरुले संविधान कार्यान्वयन भुमिका खेल्नुपर्नेमा जोड दिए । श्रेष्ठले भने निराशाबाट आशा जागेको छ, हामी देशका विकास र पुर्वाधार निर्माणको तयारीमा छौं । सरकार र विद्रोही शक्ति दुबै देश र जनताकै लागि भएकोले हिंसा भन्दा पनि शान्तिपुर्ण वार्ताको माध्यमबाट राजनीतिक निकाश निकाल्नुपर्ने उनले बताए ।

नेपाली काङ्ग्रेसका नेता तथा पुर्व राज्यमन्त्री अमर पुनले सरकारको रबैयाले जनतालाई विद्रोहको लागि उस्काईरहेको भन्दै असन्तुष्टि जाहेर गरे । उनले परिवर्तन हुनको लागि कुनै दलबिशेष स्वार्थभन्दा माथी उठ्न जरुरी रहेको भन्दै जनयुद्धमा रोल्पाले ठूलो योगदान गरेपनी परिवर्तनको दियो नबोलेकोप्रती आक्रोश व्यक्त समेत गरेका थिए । सरकारले नै संविधानको उल्लघन गर्दै राजनीतिक दललाई प्रतिबन्ध लगाउनु गलत रहेको भन्दै प्रेस स्वतन्त्रता मानवअधिकारका जस्ता महत्त्वपूर्ण बिषयमा बारेमा सरकार चुकेको भन्दै यो अबस्था परिवर्तन नभए ठूलो आन्दोलनको सम्भावना रहेको जिकिर गरे । यस्तै कार्यक्रममा आफ्नो धारणा राख्दै जनअधिकार नेपालका केन्द्रिय अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले संविधान निकै उत्कृष्ट लेखिएको भएपनी सबै कागजमा मात्र सिमित रहेको बताए, संविधानमा लेखिका मौलिक हकहरु समेत सरकारले कुण्ठित गरेकोप्रती सचेत रहन आग्रह गर्दै संसदिय ब्यवस्था कि वैग्यानिक समाजवाद भन्नेबारे बहस गर्न जरुरी भएको बताए । अधिकारिले भने प्रेस स्वतन्त्रता छैन भने, राजनीतिक अबस्था निकै पेचिलो बनिरहेको छ । सामान्य जनताले कर तिर्नुपर्ने तर लअभिि के कर नतिरे पनि हुने भन्दै भन्डारीलेनअदालत पनि सरकारको छायामा भएको जिकिर गरे । यस्तै नेपाल पत्रकार महासघका महासचिव रमेश बिष्टले संविधानको प्रस्तावनामा लेखिएको भएपनी प्रेस स्वतन्त्रता संविधानमै मात्र भएको भन्दै असन्तुष्ट ब्यक्त गरेका थिए । पत्रकारहरुलाई नै प्रहरीले धरपकड गर्ने गरेको भन्दै न्यायलयको आदेश नमानेर प्रहरीले अदालतकै गेटबाट प्रहरीले फेरि समात्छ, उनले प्रतिप्रश्न गरे यो कहाको नियम होविभिन्न प्रेससम्बन्धि ऎन ल्याउदा छलफल नगरेको भन्दै आमसन्चार सम्बन्धि ऎन छलफल नगरी पास भएमा आन्दोलनमा जाने चेतावनी समेत दिए ।

यस्तै कार्यक्रममा उच्च अदालत नेपाल बार एसोसिएसन रुपन्देही अध्यक्ष जोग बहादुर खत्री बामपंथी बुद्धिजीवी एवम् वरिष्ठ अधिवक्ता दिल साहानी,जनअधिकार अभियान नेपालका उपाध्यक्ष देव बहादुर पौडेल,मानवअधिकार तथा शान्ति समाजका बरिस्ठ उपाध्यक्ष गोविन्द खनाल,नेपाल पत्रकार महासंघका रुपन्देही अध्यक्ष यानेन्द्र जिसी,बरिस्ठ पत्रकार बालकृष्ण चापागाईं,बामपंथी लेखक एवम् अगुवा बिन बहादुर कुवर,नागरिक समाजका प्रतिनिधि पदम कार्की लगायतले यस्तो बलियो सरकारले मानवअधिकार, प्रेस र अभिव्यक्ती स्वतन्त्रताको रक्षा गर्न नसकेकोमा चिन्ता व्यक्त गरेका थिए । पत्रकारहरु,कानुन व्यवसायी,नागरिक समाजका अगुवा,प्रध्यापकहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रम संगठनका अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षता,महासचिव हिम बिष्टको सञ्चालन र केन्द्रीय सदस्य शिव डुम्रेको स्वागत सहित कार्यक्रम भएको थियोे ।पछिल्लो समय मानवअधिकार र प्रेस स्वतन्त्रता कमजोर बन्दै गएको निष्कर्ष सहित संगठनले देशभर अभियान चलाएको थियो । पछिल्लो समय राजनीतिक विचार र आस्थाका कारण नागरिक एवम् पत्रकारहरु धरपकड र गिरफ्तार बढ्दै गईरहेको बेला पत्रकार संगठनले सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । संगठनले यस अगि मेची देखि महाकाली सम्म ३८ जिल्लामा उक्त कार्यक्रम सञ्चालन गरिसकेको छ ।