रन्यौरा प्रहरीको सक्रियता : ठुलो परिमाणमा अवैध घरेलु मदिरा बरामद गरि नष्ट

प्रकाशित मिति:

सुरेश परियार – ईलाका प्रहरी कार्यालय रन्यौरा सैनामैनाले अवैध रुपमा उत्पादन गरिएको घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सैनामैना १ देखि ४ सम्मका वडा भित्र अवैध रुपमा उत्पादन गरिएको घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद गरिएको हो ।करिब १ हप्ता समय लगाएर बरामद गरीएको एक हजार लिटर अवैध घरेलुु मदिरालाई एक कार्यक्रमको आयोजना गरि जनप्रतिनिधी,ब्यवासायि,पत्रकार,स्थानीय लगायतको रोवरमा आज (शनिबार)नष्ट गरिएको छ ।

कार्यक्रममा सैनामैना वडा न.३का वडा अध्यक्ष रत्न बहादुर पौडेल र वडा न.४का वडा अध्यक्ष धन बहादुर कार्कीले सु–सभ्य समाज निर्माण गर्न सवैभन्दा पहिला यस्ता गतिविधीहरुलाई निरुसाहित गर्नुपर्ने बताउनुभयो ।उहाँहरुले समाजमा अवैध रुपमा उत्पादन गरिएका घरेलु मदिराका कारण समाजमा विकृति,विसंगति फैलिएको दावि गर्दै यसलाई नियन्त्रण गर्न सवै निकाय एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।

निश्चित मापदण्ड बनाएर घरेलु मदिरा विक्रि वितरण गर्नुपर्ने कार्यापालिका सदस्य मनकुमारी राई तथा सफल ब्यवसायि दिपेन्द्र ढकालले बताउनुभएको छ ।अवैध रुपमा बनाएका घरेलु मदिरा सेवनले गर्दा समाज र मानवीय जिवनमा नकारात्मक असर परेको भन्दै यसलाई नियन्त्रण र न्यूनिकरण गर्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिननुभयो ।नगरपालिकाले यस सम्बन्धी मापदण्ड तय गर्न अपिल उहाँहरुले गर्नुभयो ।

समाजमा अमनचयन स्थापना गरि जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने दायित्व नेपाल प्रहरीको भएका कारण समाजमा हुने यस्ता गतिविधी रोक्ने अभियानमा आफुहरु लागेको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक मनोज कुमार श्रेष्ठले बताउनुभएको छ ।समाजमा अप्रिय घटना यस्तै क्रियाकलापबाटै हुने भन्दै प्रहरी निरिक्षक श्रेष्ठले अवैध रुपमा हुने जुनसुकै गतिविधीलाई नेपाल प्रहरीले तेसै नछाड्ने दृढता ब्यक्त गर्नुभयो ।रन्यौराले अव देखि सामाजिक तथा सचेतनामुलक कार्यक्रमलाई तिव्रता दिने आश्वासन उहाँले दिनुभयो । कार्यक्रममा पत्रकारद्धय सुरेश परियार र नरेश चौधरीले समेत बोल्नुभएकोे थियो ।कार्यक्रमको सञ्चालन भने प्रहरी नायव निरिक्षक हरिनारायण श्रेष्ठले गर्नुभएको थियो ।