बाढी पिडीतलाई अमिताभको सहयोग

८ भाद्र २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
12 Shares


बलिउड अभिनेता अमिताभ बच्चनले बाढीपिडितलाई सहयोग गर्ने क्रममा आफ्ना पुराना लुगा तह लगाएका छन् । केरलामा आएको बाढिबाट घरबारविहीन भएकाहरुका लागि उनले ती लुगा दान गरेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार अमिताभले केही दिनअघि ६ वटा बाकसमा आफ्ना पुराना लुगा भरेर मुख्यमन्त्री राहत कोषमा पठाएका थिए । ती बाकसमा ८० वटा ज्याकेट, २५ वटा पाइन्ट र ४० जोडी जुत्ता रहेका छन् ।
अमिताभले बाढी पीडितका लागि ५१ लाख रुपैयाँ आर्थिक सहयोग पनि गरेका छन् । यसअघि उनले आफूले आर्थिक सहयोग गरेको बताएका थिए तर कति रकम भन्ने खुलाएका थिएनन् । उनले कम्तिमा पनि २(४ करोड सहयोग गरेको हुनुपर्ने अनुमान थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया