चार्डपर्वमा दुर्घटना कम गर्न ‘नो ओभरटेक जोन’ घोषणा

प्रकाशित मिति:

काठमाडौं-चार्डपर्वलाई लक्षित गरी सवारी दुर्घटना कम गर्ने उपाय अबलम्बन थालिएको छ ।नेपालीले मनाउने दशैं, तिहार‍, छटजस्ता महत्वपूर्ण चार्डका समयमा राजधानी काठमाडौंबाट बाहिरिने यात्रुको चाप र सवारी चापलाई ध्यान गर्दै सडक सुरक्षासहित ‘नो ओभरटेक जोन’ सम्मका योजना ल्याइएको छ ।चाडपर्वको समयमा सवारी साधनको चाप अत्यधिक हुने तर तुलनात्मक रूपमा साँघुरो भएको हुनाले त्रिभुवन राजपथको नौबिसे–नागढुङ्गा सडकखण्डलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिए ।

यो खण्डमा भत्किएको सडक तत्काल चौडा बनाउन सम्भव नदेखिएको हुनाले ‘नो ओभरटेक जोन’ घोषणा गरिएको उनले बताए ।त्यसैगरी त्रिभुवन राजपथअन्तर्गतको खानीखोलासम्म राति ९ बजे मात्र पुग्ने गरी काठमाडौँ भित्रिने ग्यास बुलेट, लामा भारी सामान बोकेका लरी, टिपरलगायतका भारी सवारी साधनलाई निर्देशन दिइएको जानकारी पनि प्रजिअ तामाङले बताए ।काठमाडौँबाट बाहिरिने सवारी साधनहरू राति ९ बजेसम्म राजपथको सो खण्ड पार गरिसक्ने गरी व्यवस्था मिलाएकाले सो खण्डमा जाम नहोस् भनेर काठमाडौँ भित्रिने भारी सवारी साधनलाई निर्देशन दिइएको हो ।