यू१८ साफ च्याम्पियनसिपः आज नेपाल र भुटान भिड्दै

प्रकाशित मिति:

काठमाडौँ –साफ यू–१८ फुटबल च्याम्पियनसिपमा आज आईतबार नेपाल र भुटान भिड्दै छन् । समुह ‘ए’मा रहेको नेपालले समुह चरणको अन्तिम खेलमा भुटानसंग खेल्न लागेको हो ।काठमाडौंको हलचोकस्थित एपीएफको मैदानमा खेल दिउँसो ३ बजेबाट शुरु हुनेछ । भुटान प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ । भुटानलाई हराउँदै प्रतियोगिताको सेमिफाईनल पुग्ने अवसर नेपाललाई रहेको छ ।

समुह चरणको पहिलो खेलमा नेपालले माल्दिभ्ससंग १–१ गोलको बराबरी खेलेको थियो । समुह चरणमा माल्दिभ्स र नेपालको समान १ अंक छ ।भुटानलाई हराएको अवस्थमा नेपाल सेमिफाईनल पुग्नेछ । बराबरी वा हारको नतिजाले अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बन्न सक्नेछ ।नेपाल समेत उमेर समुहको साफको अघिल्ला दुई संस्करणको विजेता हो । घरेलु मैदानमा भएको प्रतियोगिता जित्दै नेपाल उपाधिमा ह्याट्रिक गर्ने दाउमा छ ।