भक्तपुर बालकोटमा भिषण आगलागी, आगो निभाउने प्रयास जारी

५ आश्विन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
66 Shares


काठमाडौं– भक्तपुर बालकोटमा भिषण आगलागी भएको छ । बालकोटमा रहेको दुर्गा कपडा रिफाइनरी उद्योगमा भिषण् आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भक्तपुरको सुर्यविनायक नगरपालिका–२ बालकोटमा रहेको उक्त उद्योगमा आज बिहान ५ बजे कोही नभएको समयमा आगलागी भएको हो ।आगलागीका कारण उद्योगका सम्पुर्ण कपडा साथै त्यहाँका सबै मेसिनहरु पूर्णरुपमा जलेर ध्वस्त भइसकेको बताइएको छ ।द्योग भित्र रहेको ग्यास सिलिन्डर विस्फोट भएर भिषण आगोलागी भएको हुनसक्ने अनुमान गरिएपनि यकिन कारण भने खुल्न सकेको छैन् ।आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, स्थानीय खटेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया