स्थानिय विकास निर्माणका काममा खबरदारी गर्न सरोकार समिति गठन

प्रकाशित मिति:

वडा स्तरमा हुने बिकास निर्माण, नितिनिर्माण, योजना तर्जुमा लगाएतका गतिबिधीमा चासो राख्नेर खबरदारी गर्ने उद्देश्यले बुटवल २ मा स्थानिय सरोकार समिति गठन गरिएको छ । ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पुरातात्विक एवं पर्यटकिय महत्वका स्थलहरुले भरिपुर्ण रहेको बुटवलको वडा नम्बर २ मा(साविक ४) सम्पन्न स्थानियको जनसमुदायको भेलाले टिकाराम शर्माको अध्यक्षतामा वडा बिकास सरोकार समितिको गठन गरेको हो ।
समितिको उपाध्यक्षमा जुद्ध बहादुर केसी, सचिवमा प्रमिला मरासिनी, सहसचिवमा बिष्णुमान प्रधान र सदस्यहरुमा बिष्णुमाया थापा, टोपली सारु, नुदराज पन्थी, अर्चना घिमिरे, अम्बर बहादुर लम्तरी, फर्स बहादुर बिक, जंगबहादुर थापा, सोवित पौडेल, जयापौडेल, धु्रवकुमार शाह, बिरेन्द्र् अमात्य र माया गुरुङ्ग रहेका छन । नवगठित समितिका सल्लाहकारहरुमा धना लामा, हितकदर्लामी, बिजयरत्न शाक्य, तेजबहादुर पुन, भुमिराज पन्थी रहेको अध्यक्षशर्मा बताए । वडामा भएका कामको जानकारी लिने र निगरानी गर्ने उद्देश्य सहित सो संस्था स्थापना भएको सचिव प्रमिला मरासिनीको भनाई छ ।
समितिले बुटवल उपमहानगरपालीका वडा नम्बर २ अन्तर्गत भैरहेका सरकारी तथा गैर सरकारी निकायका बिकास निर्माण र सामाजिक क्रियाकलापका बारेमा जनस्तरबाट निगरानी गर्ने, अध्ययन र अनुगमन गर्ने, वडामा भएका गतिबिधीका बारेमा आम सर्बसाधारणलाई सचेत गराउने लगाएतका उद्देश्यहरु रहेको बताइएको छ ।
अध्यक्ष शर्माका अनुसार वडा स्तरमा जनप्रतिनिधीको संलग्नतामा भएका बिकास निर्माण, जनताका लागि सेवाप्रबाह र सुचनाको हकको प्रत्याभुती, आम जनतालाई वडा कार्यालयबाट हुने सेवाको प्रभावकारीता, पदिय दायित्व र जिम्मेबारीमा रहेकाहरुको भुमिका, सरकारी तथा गैरसरकारी निकायबाट सेवाग्राहीले पाउनु पर्ने हक, अधिकार र जनहितका सवालमा समितिले कामगर्ने छ । साथै सो समितिले आवाज दवाइएका र दबिएकाहरुको आवाजलाई बुलन्द ढंगले उठाउनेहरुको एकताबद्ध संगठनका रुपमा कार्य गरिने बताइएको छ ।