काठमाण्डौदेखि सिधै गुल्मीको आपचौरसम्म एसी डिलक्स बस सेवा सूचारु

प्रकाशित मिति:

कौरव खत्री/गुल्मी – गुल्मीको आपचौर तल्लाफाटसम्मका लागि दैनिक रुपमा काठमाण्डौदेखि सिधै एसी डिलक्स बस सेवा सूचारु भएको छ ।गत हप्तादेखि काठमाण्डौदेखि दिउँसो ३ बजेर ३० मिनेटमा दैनिक रुपमा छुट्ने एसी डिलक्स बस सेवा पोखरा,बागलुङ हुदै मध्यपहाडी लोकमार्ग भएर हटिया हुदै गुल्मीको वामीटक्सार,भुवाचिदी भएर गुल्मीको आपचौर तल्लाफाटसम्म बस सेवा सूचारु गरिएको धौलागिरी गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसी जानकारी दिए ।

धौलागिरी गण्डकी यातायात सेवा प्रालि मार्फत काठमाण्डौदेखि गुल्मीको मुसिकोट नगरपालिका ६ आपचौर तल्लाफाटसम्मका आम नागरिकहरुको सहजताका लागि पहिलो पटक सिधै एसी डिलक्स बस सेवा विस्तार गरिएको र यस क्षेत्रका स्थानीयवासीन्दाहरुको आवश्यकता एवं मागलाई मध्यनजर गदै सेवालाई निरन्तरता र थप सेवा विस्तार गर्न सकिने प्रालिका अध्यक्ष केसी जानकारी दिए ।साथै मुसिकोट नगरपालिका ६ आपचौर तल्लाफाटदेखि बस सेवा भने दैनिक रुपमा दिउँसो १ बजेर ४५ मिनेटमा काठमाण्डौका लागि बस सेवा छुट्ने गरेका धौलागिरी गण्डकी यातायात सेवा प्रालिले जनाएको छ ।बडादशैलाई मध्यनजर गदै आज अर्थात आइतवारदेखि आम नागरिकहरुको सहजताका लागि अग्रिम टिकट बुकिङ्गको व्यवस्था रहेको निरक्षक तथा बुकिङ्ग इन्चार्ज गणेश गौतम जानकारी दिए ।

साथै काठमाण्डौदेखि गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सार सम्मका लागि प्रतिव्यक्ति रु.१हजार,४सय,३५रुपैया,सोही नगरपालिका वडा नं. ६ कुर्घा भुवाचिदीका लागि प्रतिव्यक्ति रु.१हजार,४सय,८५रुपैया तथा सोही नगरपालिका ५ आपचौर तल्लाफाटका लागि प्रतिव्यक्ति रु.१हजार,५सय,५०रुपैया बसको भाडा दर कायम गरिएको बुकिङ्ग इन्चार्ज गणेश गौतम जानकारी दिए ।साथै बस सेवाका बारेमा थप जानकारी लिन चाहेमा बुकिङ्ग इन्चार्ज गणेश गौतम सम्र्पक नं. ९८४११२५१६१मा फोन गरेर जानकारी लिन सकिने इन्चार्ज गणेश गौतम जानकारी दिए ।बडा दशैका अवसरमा धौलागिरी गण्डकी यातायात सेवा प्रालिले काठमाण्डौदेखि गुल्मीको मुसिकोट नगरपालिकाको वामीटक्सार हुदै भुवाचिदी,आपचौर तल्लाफाटसम्मका एसी डिलक्स बसले सुचारु भएपछि यस क्षेत्रका स्थानीयबासिन्दाहरुलाई आवत जावतमा थप सहजता र सहयोग पुगेको छ ।