कपिलवस्तुको वाणगंगामा वेवारिशे बालिका फेला

प्रकाशित मिति:

कपिलवस्तु-कपिलवस्तुको वाणगंगामा वेवारिशे बालिका फेला परेकी छिन् । वाणगंगाको वडा नं। १० पटनाको मेचकुरीमा बालिका वेवारिशे रुपमा फेला परेकी हुन् । बालिका एकोहोरी रोइरहेको देखेपछि स्थानीयले उद्धार गरेका थिए । उद्धार गरिएकी बालिकालाई इलाका प्रहरी कार्यालय पिपराको जिम्मा लगाइएको थियो ।

बालिका विरामी भएकोले उनको उपचार गरिएको छ । उनको कपिलवस्तु सामुदायिक अस्पतालको उपचार गरिएको अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष शंकर पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।बालिकाको १०३ डिग्री ज्वरो आएको थियो । बालिका अन्दाजी २० महिनाको जस्तो देखिन्छिन् । बालिका बोल्न नसक्ने भएकोले कसको हो पत्ता लाग्न सकेको छैन् । उनलाई कसैले छाडेर भागेको हुन सक्ने प्रहरीको अनुमान छ ।