रोयल सोसियल क्लब अफ बुटवल द्वारा ब्रेन ट्युमर बिरामीलाई आर्थीक सहयोग

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – बुटवलमा रहेको सामाजिक कार्यमा अग्रणि भुमिका निर्वाह गर्दै आईरहेको सामाजिक संस्था Royal Social Club Of Butwal ले पाल्पा जिल्ला बग्नासकाली गाउँपालिका वडा न. ८ निवासि ब्रेन ट्युमर बिरामी हरि भुसालको घरमै गई एक कार्यक्रमका बिच रु . २०,१५५ रुपैया हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष निरज बन्जाडेको अध्यक्षतामा रहेको कार्यक्रममा बग्नासकाली गाउँपालिका बडा न. ८ का वडा अध्यक्ष गणेश बस्याल प्रमुख आथित्यता र क्लबका उपाध्यक्ष समिर आचार्यको संचालनमा सम्पन्न भएको हो । समाजमा रहेका विभिन्न समस्या समाधानमा क्लबले गरेको कार्यप्रती खुसी भई क्लबको सफलताको कामना प्रकट गर्दै वडा अध्यक्ष गणेश बस्यालले हरि भुसाल बचाउ अभियानको लागि क्लबलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

क्लबका कोषाध्यक्ष गौरब रेग्मिले क्लबले हरेक ठाउँका सामाजिक समस्याका लागि क्लब अहोरात्र खट्ने कुरा ब्यक्त गर्नुभएको थथियो। यसैगरी क्लबका अध्यक्ष निरज बन्जाडे ले सामाजिक कार्यमा क्लबले सधै ईटा थप्ने प्रतिबद्धता दिनुभएको छ ।  क्लबका उदेश्य , रणनीति , र कार्यहरूलाई स्पष्ट पार्दै उपाध्यक्ष समिर आचार्य ले हरि भुसाल बचाउ अभियानमा सहयोग पुर्याउने सबैलाई सम्झिनुभएको छ । क्लबका सद्स्यहरु , कमल मरासिनी गणेश न्यौपाने , गणेश दाहालको पनि उपस्थिति रहेको कार्यक्रममा समाजसेवी  मोतिलाल बस्याल लगायत विभिन्न समाजसेवी , बुद्धिजीवी ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।