अध्यक्षले निमित्त प्रमुख तोकेपछि रामापुर क्याम्पसमा तालाबन्दी

प्रकाशित मिति:

ललित पाण्डेय

शहिद नारायण पोख्रेल रामापुर क्याम्पसले प्राध्यापक प्रेम पौडेललाई निमित्त क्याम्पस प्रमुख तोकेको छ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं। ६ मा रहेको क्याम्पसमा क्याम्पस प्रमुखको पद खाली भए पछि पौडेललाई निमिक्त प्रमुख तोकिएको क्याम्पसले जनाएको छ । यस अगि क्याम्पस प्रुमखमा दिनेश पन्थी रहनु भएको थियो । ४ वर्षे कार्यकाल रहेको उँहाको पद साउन २२ गते सकिएको थियो । पन्थीले निमित्त प्रमुख तोक्न नसकेपछि क्याम्पस ब्यवस्थापन समितिको बैठकले फेरि उँहालाई १५ दिनको लागि निमित्त क्याम्पस प्रमुख पद तोकेको थियो । पन्थीको १५ दिनको म्याद साउन ७ गते सकिएपछि क्याम्पसका अध्यक्ष डिल्लिराज ज्ञवालीले प्रेम पौडेललाई निमित्त क्याम्सप प्रमुख तोक्नु भएको हो । क्याम्पस प्रमुख पद रिक्त भएपछि क्याम्पस प्रमुख नहुँदा सम्म क्याम्पसको प्रशासनीक काम नै रोकिने भएपछि पौडेललाई निमिक्त तोकिएको उँहाले बताउँनु भएको छ । पौडेल स्थापना कालदेखि नै क्याम्पसमा प्रध्यापक रहनु भएको थियो ।

क्याम्पस अध्यक्षले निमित्त प्रमुख तोकेपछि नेकपाका बिधार्थी संगठनले असन्तुष्ट जनाउँदै अध्यक्ष र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन । प्रेस बिज्ञप्ती नै जारी गरी निमिक्त तोकेकोमा बिरोध जनाएको छ । संगठनले क्याम्पसमा रितm रहेको क्याम्पस प्रमुखको पद पदपुर्ती गर्ने गृहकार्य भइरहेको अवस्थामा एकलौटी रुपमा अध्यक्षले निमित्त प्रमुख तोक्नु अबैधानिक भएको बताउँदै अध्यक्षको राजिनामाको माग गर्दै नेम प्लेतट समेत जलाएका थिए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियको लेटर प्याडमा लेखिएको उक्त विज्ञप्तीमा कार्यबाहक अध्यक्ष केशव आर्चाय र सचिब सुमित सापकोटाको हस्ताक्षर रहेको छ ।

यता नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पनि आज नै प्रेस विज्ञप्ती निकाल्दै बार्ता र सम्बादको विकल्प हुँदा हुँदै नेकपाका विद्यार्थी संगठनले ताला बन्दी गरेकोमा घोर भर्सना जनाएको छ । नेविसंघका कार्यबाहक सभापति रमेश गौतमको हस्ताक्षर रहेको उक्त विज्ञप्तीमा ताला बन्दीको निन्दा गरेको छ ।