एनआरएनए अलएनले भब्यताका साथ मनायो संविधान दिवस

प्रकाशित मिति:

सबलपोस्ट/युएई – गैह्र-आवासीय नेपाली संघ,युएई अलऐन क्षेत्रीय समन्वय परिषदले विविध कार्यक्रम गरी नेपालको संविधान दिवस मनाएको छ ।  संविधान दिवसको अवसरमा असोज ३ गते साझमा अलएनको एक रेस्टुरेन्टको सभाहलमा दिपावली गरी, केक काटेर र विशिष्ट व्यक्तित्वहरुले नेपालको  २०७२ सालमा जारी संविधानको विशेषताका विसयमा मन्तव्य प्रकट गरेर संविधान दिवस मनाएको एनआरएनए अलएनका अध्यक्ष उज्वल दाहालले जानकारी दिएका छन् ।

संघीय गणतन्त्र नेपालको २०७२ सालमा जारी संविधानक्प विसयमा बोल्ने वक्ताहरुले हालको नेपालको संविधान विश्वका उत्कृष्ट संविधान हरुमा पर्ने र नेपाल-नेपालीहरुको मौलिक हक, अधिकार साथै समग्र विकासका लागि यो संविधान बाधक नभई साधक भएको दाबी गरेका थिए । गैह्र आवासीय नेपाली संघ,युएई (एनए)अलऐन क्षेत्रीय समन्वय परिषदका अध्यक्ष उज्ज्वल दाहालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि  एनआरएनए युएईका केन्द्रीय सदस्य राजन अधिकारी रहेका थिए । यसैगरी विशेष अथितिमा प्रवासी नेपाली मञ्च युएईका केन्द्रीय सदस्य लक्ष्मण अधिकारी उपस्थित भएर संविधान दिवसको औचित्यबारे प्रकाश पारेका थिए ।  विशेष अथितिमा मोहन बुडाथोकी र इनासका ग्लोबल प्रतिनिधि अनुराग थपलिया रहेका थिए ।  अलएन क्षेत्रमा रहेका सामाजिक संस्थाबीच आपसी सहयोग र सहकार्य गर्ने प्रण गर्दै आपसमा परिचयात्कम कार्यक्रमका साथमा खुसी साट्दै संविधान दिवस मनाइएको उक्त कार्यक्रममा अतिथिका रूपमा  जनसम्पर्क समिति अलएन युएईका सल्लाहकार जनक सापकोटा, प्रवासी नेपाली मञ्च अलएनका सचिव
प्रेमराज सापकोटा, उपाध्यक्ष जनक बराल, उपस्थित थिए ।

अलएनमा रहेका नेपालीहरुका समस्याहरुलाई आपसमा मिलेर समाधान गर्ने प्रतिबद्धताका साथ नेपालको एतिहासिक दिनमा एकै स्थानमा जम्मा भएर मनाइएको सो कार्यक्रममा अर्घाखाँची सम्पर्क समिति युएईका अलएन अध्यक्ष  प्रकाश महत, स्याङ्जा सहयोग समाज, युएईका अलएन अध्यक्ष  प्रकाश गैरे, नेपाल मगर संघ युएईका अलएन अध्यक्ष  बलराजन मगरलगायत साथै समाजसेवीहरु, बुद्धिजीवीहरुले सहभागिता जनाएका थिए ।  उक्त कार्यक्रममा एनआरएनए अलएन क्षेत्रीय समन्वय परिषदका नवनियुक्त पदाधिकारीहरुलाई केन्द्रीय सदस्य राजन अधिकारीले सपथ खुवाएका  थिए भने कार्यक्रममा उपस्थित सबै नेपालीहरु तथा अतिथिहरुलाई क्षेत्रीय उपाध्यक्ष जीवन योन्जनले स्वागत मन्तव्यमार्फत स्वागत तथा धन्यवाद प्रकट गरेका थिए त्यसै गरी क्षेत्रीय उपाध्यक्ष रंजन भुजेलले संस्था र कार्यक्रम बारे जानकारी गराएका थीए।कार्यक्रम संचालन एनआरएनए युएई अलएन क्षेत्रीय सचिव दीपक खड्काले गरेका थिए ।