कपिलवस्तुको वाणगंगामा बालिका फेला

प्रकाशित मिति:

कपिलवस्तु – कपिलवस्तुको वाणगंगा नगरपालिकामा एक बालिका फेला परेकी छिन् । वाणगंगाको वडा नं १० बालापुरमा बेवारिसे अवस्थामा उनी फेला परेको प्रहरीले जनाएको छ । बाटोमा राेइराखेको अवस्थामा फेला परेकी उनलाई ज्वरो र खोकी देखिएकाले सामुदायिक अस्पताल जितपुरमा उपचारका लागि राखिएको छ । उनकाे उमेर करिब १८ महिना रहेकाे जनाइएकाे छ ।

ईलाका प्रहरी कार्यालय पिपरा र कपिलवस्तु एम्बुलेन्स चालक सघंको पहलमा उनलाई सुरक्षित स्थानमा राखी उपचार गराइरहेको एम्बुलेन्स चालक सघं कपिलवस्तुका कोषाध्यक्ष कमल घिमिरेले न्युज २४ लाई जानकारी दिनुभयाे । सम्बन्धित परिवारलाई ईलाका प्रहरी कार्यलय तथा ९८४७२८४४३८ मा सम्र्पक गर्न आग्रह गर्दै यस समाचारलाई शेयर गरी सम्बन्धित परिवारसम्म पुर्याउन पनि घिमिरेले आग्रह गर्नुभया‍े ।