कला लम्सालको लोकगीतमा खेले निखिल उप्रेती (भिडियो)

प्रकाशित मिति:

बुटवल – अभिनेता निखिल उप्रेती लोकगीतको म्युजिक भिडियोमा देखिएका छन् । ‘धानको चामल धानैको चिउरा’को म्युजिक भिडियोमा उनको अभिनय देख्न सकिन्छ ।

कला लम्सालले बजारमा ल्याएको यो गीतमा बद्री प‌ंगेनी, कला लम्साल र चन्द्र शर्माले स्वर दिएका छन् । यस्तै गीतको भिडियोमा निखिल र गायिका कलाको अभिनय देख्न सकिन्छ । फिल्मी शैलीमा निर्माण गरिएको गीतको भिडियो कला लम्सालको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको छ । गीतमा रमेश बि.जीको शब्द र तिलक ओलीको संगीत छ । त्यसैगरी भिडियोको निर्देशन शिव बिकले गरेका छन् ।