म्यानमारका राष्ट्रपति विन मिन्त र श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना लुम्बिनी आउंदै

प्रकाशित मिति:

म्यानमारका राष्ट्रपति विन मिन्त र श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना आउने साता लुम्विनी आउनु हुने भएको छ ।
शिखर सम्मेलनमा भाग लिन नेपाल आउने क्रममा म्यानमारका राष्टपति मिन्त र श्रीलंकाका राष्टपति सिरीसेना लुम्विनी आउनु हुने निश्चित भएको हो ।म्यानमारका राष्ट्रपति मिन्तभदौ १३ गते बुधवार र श्रीलंकाका राष्ट्रपति सिरिसेना भदौ १६ गते शुक्रवार लुम्विनी आउनु हुने कार्यक्रम तय भएको छ ।दुबै राष्टपति सपत्नी लुम्विनीमा आउने र चार चार घण्टा बिताउने लुम्विनी बिकास कोषका योजना प्रमुख इञिजनियर सरोज भटटराईले जानकारी दिनुभयो । दुई देशका राष्टपति आउने भएपछी लुम्विवनीमा तयारी पनि सुरु गरीएको छ ।
दुबै जनाले मादेबि मन्दिरमा पुजा गर्ने, बिहारहरुको अवलोकन गर्ने तथा लुम्विनीको बिकास निर्माण बारे जानकारी लिने कार्यक्रम तय भईसकेको छ । दुबै राष्टपतिहरुलाई संघिय सरकारका सस्कृतिमन्त्रि रबिन्द्र अधिकारी र प्रदेश नम्वर ५ का मुख्यमन्त्रि शंकर पोखरेल मध्ये एक जनाले स्वागत गर्ने तयारी हुदै छ ।विम्स्टेक शिखर सम्मेलन यही भदौ १४ र १५ मा काठमाडौंमा आयोजना हुदै छ ।
लागेको विम्स्टेक शिखर सम्मेलनमा सदस्य देशका कार्यकारी प्रमुखहरु सभागी हुँदैछन् ।विमस्टेकमा नेपाल, भारत, बंगलादेश, थाइल्याण्ड, भुटान, म्यानमार र श्रीलंका सदस्य छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ चान ओचा, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र म्यानमारका राष्ट्रपति विन मिन्त सम्मेलनमा भाग लिन आउनेछन् ।