महिलामाथि बलात्कार जस्तो जघन्य अपराध गर्नेलाई सर्वस्वसहित आजीवन काराबासको सजाय दिने कानुनी व्यवस्था गर्न सांसदहरुको माग

प्रकाशित मिति:

सांंसदहरुले महिलामाथि बलात्कारजस्तो जघन्य अपराध गर्नेलाई सर्वस्वसहित आजीवन काराबासको सजाय दिने कानुनी व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरिएको संकल्प प्रस्तावमाथि धारणा राख्दै सांसदहरुले सो धारणा राखेका हुन् ।

सांसदहरुले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्न माग गर्दै महिला हिंसामा संलग्न दोषीलाई हदै सम्मको कारवाहीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले महिला हिंसा अन्त्य गर्नुपर्ने माग सहित पेश गरिएको प्रस्तावको समर्थन गर्दै महिला हिंसा अन्त्य गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ् । सरकारले सन् १९९१ मा नै महिलाविरुद्ध हुने सम्पूर्ण हिंसालाई समाप्त गर्छु भनेर प्रतिबद्धता जनाईसकेको उल्लेख गर्दै उहाले प्रतिबद्धता अनुसारको महिलालाई समानताको अनुभुति दिलाउनुपर्नेमा जोड दिनु भयो । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले महिला हिंसाविरुद्ध ससदले एकसाथ संकल्प गर्नुपर्ने आवश्यकता औल्याउनु भयो । पीडित महिलालाई समाजमा सम्मानपूर्वक बाच्न आवश्यक पर्ने सम्पूर्ण प्रबन्ध सरकारले मिलाउनुपर्ने बताउनु भयो ।

नेकपाकी सांसद रेखा शर्माले बालिका बलात्कार, हिंसा हत्या, छाउपडी, बोक्सी लगायतको सामाजिक समस्या र राजनीतिक उपलब्धिबीचको अन्तरविरोध हटाउनु आजको चुनौती भएको भन्दै त्यसतर्फ राज्य गम्भीर हुनुपर्ने बताउनु भयो ।सांसद यशोदा गुरुङ सुवेदीले हिंसा बढ्नुको कारण खोज्नुपर्ने बताउनु भयो सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) की सांसद विन्दा पाण्डेले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्न माग गर्दै संकल्प प्रस्ताव पेश गर्नु भयो।