बुटवल उद्योग वाणिज्य संघद्धारा कर विरुद्ध ज्ञापनपत्र

प्रकाशित मिति:

बुटवल उद्योग वाणिज्य संघले बुटवल उपमहानगरपालिकाले लगाएको स्थानीय कर समायोजनको माग गर्दै आज नगर प्रमुख शिवराज सुबेदीलाई आज ज्ञापन पत्र बुझाएको छ ।
पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार तथा बस्तुगत समितिका सभापतिहरु सहित नगरपालिका गएको संघको टोलीले ज्ञापन पत्र बुझाएको हो । संघका अध्यक्ष खिम बहादुर हमालले नगर प्रमुख सुवेदीलाई ज्ञापन पत्र हस्तान्तरण गर्नुभयो । ज्ञापन पत्र बुझुदै मेयर शिवराज सुवेदीले सबैको सहकार्यबाटै नगरपालिका सम्बृद्धिको वाटामो अघि बढ्ने भन्दै कर निधारणका लागि आफुहरु छलफलका लागि तयार रहेको बताउनु भयो ।
ज्ञापन पत्र बुझाउनका लागि सघका पदाधिकारी सदस्यहरु तथा पुर्व अध्यक्ष र उद्योगी व्यवसायीहरु सहभाग रहेका थिए