सैनामैनामा डेँगु रोगको संक्रमणबाट एक महिलाको मृत्यू

प्रकाशित मिति:

सैनामैना-रुपन्देहीको सैनामैनामा एक महिलाको डेँगुको संक्रमणबाट एक जनाको मृत्यू भएको छ । सैनामैना ३ मुर्गिया निवासी ५६ वर्षिय शोभा परियारको उपचारको क्रममा लुम्बिनी प्रादेशीक अस्पातल बुटवलमा आज विहान ९ बजे मृत्यू भएको परिवारले जनाएको छ ।

शुक्रबार देखि सामान्य लक्षण देखा परे संगै परिवारले स्थानीय मेडिकलमा उपचार गराएका थिए तर स्थिति गम्भीर बन्दै गएपछि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो ।डेँगु रोगको रोकथामका लागी सैनामैना नगरपालिकाले केही दिन अघि तिन चरणका कार्यक्रम सञ्चालन समेत गरेको थियो ।डेँगु रोगको संक्रमण केही ब्यक्तिहरुमा देखा समेत परेको छ ।