शालिकराम पुडासैनी प्रकरण : रवि लामिछाने र युवराज कँडेल पनि अदालतमा उपस्थित

५ आश्विन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
41 Shares


चितवन – शलिकाराम पुडासैनी प्रकरणको मुद्दामा आइतबार तीनजनाको बकपत्र भएको छ । थप अनुसन्धानका लागि चितवन जिल्ला अदालतले जाहेरीकर्ता शालिकरामकी श्रीमती सम्झना पुडासैनी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एवं मुद्दा प्रतिवेदक दिपेन्द्र शाह र फरेन्सिक ल्याब नक्सालका प्रहरी नायब उपरीक्षक श्यामकुमार मण्डलको बकपत्र लिएको हो ।जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार २० साक्षीको पत्र अदालतमा पठाइएकामा आज ३ जनाको मात्रै बकपत्र सकिएको छ । बाँकी वादी र प्रतिवादीका साक्षीको बकपत्र सोमबार हुने अदालतले जनाएको छ ।यसैबीच पुडासैनी प्रकरणमा आरोपित न्यूज २४ टेलिभिजनका चर्चित पत्रकार रवि लामिछाने र युवराज कँडेल चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । जिल्ला अदालत चितवनले उनीहरुलाई असोज ५ का लागि उपस्थित हुन आदेश गरेको थियो । अदालतको आदेश अनुरुप रुकु भनिने अस्मिता कार्की पनि आज अदालतमा उपस्थित भएकी थिइन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मर्चवारीमा समाजवादीको गाउंपालिका समिति गठन
  • पश्चिम सरावल १ मा दोस्रो वडाध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता…
  • श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह ज्ञान महायज्ञ तेस्रो दिन पनि…
  • साना किसान कृषि सहकारी सस्थां लिमिटेडको १७औ साधारण सभा सम्पन्न
  • बर्दघाटमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • आदिकवि भानुभक्त आचार्यको स्मृतिमा बन्यो – ‘रामायण भवन’
  • धनुषा बम विस्फोटमा परी मृत्यु भएका इन्स्पेक्टर दाहालको आर्यघाटमा अन्त्येष्टि
  • सहकारीको ३० प्रतिशत लगानी कृषिमा अनिवार्य गरिंदै
  • विवाह भोजको खर्च धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने नव दम्पती
  • चक्कु प्रहार गरी तिलोत्तमा निवासी परीयारको हत्या