पाकिस्तानमा बस दुर्घटना हुँदा २६ जनाको मृत्यु, १२ घाइते

प्रकाशित मिति:

पाकिस्तान-पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ ।आइतबार बिहान भएको दुर्घटनामा अरु १२ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।मृत्यु भएका र घाइते भएकामध्ये अधिकांश बालबालिका र महिला रहेको गिल्गिट बल्तिस्तान सरकारका प्रवक्ता फजुल्लाह फराकले जानकारी दिए ।

स्कार्दुदेखि रावलपिण्डीतर्फ जाँदै गरेका बेला बस दुर्घटना भएको हो । घाइतेमध्ये अधिकांश गिल्गिट बल्तिस्तानका रहेका छन्  घटनाबारेअनुसन्धान प्रक्रिया सुरु भइसकेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।