नगर भित्रको केही गतिविधिहरुमा सक्षमता बढाउनुपर्ने माग गर्दै उद्योग व्यापार संगठन रुद्धारा नगरपालिकामा ज्ञापनपत्र

८ भाद्र २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
5 Shares


सिद्धार्थनगर नगरपालिकाले नगर भित्रको केही गतिविधिहरुमा सक्षमता बढाउनुपर्ने र करका दरहरु पनि सुधार गर्नुपर्ने माग गर्दै उद्योग व्यापार संगठन रुपन्देहीले नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीको नेतृत्वमा नगरपालिका पुगेको टोलीले नगरप्रमुख हरि प्रसाद अधिकारीलाई विभिन्न १४ बुँदे मागहरु समेटी ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउँदै संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले ज्ञापनपत्रमा उल्लेखित विषयहरु जनचासो र व्यवसायीसंग सम्बन्धित रहेको हुँदा ती बुँदाहरु तुरुन्तै लागु गर्न समेत माग गरे । उनले वर्तमान अवस्थामा स्थानीय प्रदेश र संघीय सरकारले लिने कर सम्बन्धि नीति कानुनहरु उद्योग व्यापार क्षेत्रमा अन्यौलता बढ्दै गएको बताए ।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख हरि प्रसाद अधिकारीले कसैले कर तिरेको तिरे गर्ने र कोही करको दायरामा नआउने परिपाटीको अन्त्य गरिने बताए । उनले उद्योगी व्यवसायीलाई मर्कामा पर्ने काममा नगरपालिका नलागेको भए पनि व्यवस्थापनमा केही समस्या भएको र त्यसलाई सुधार्दै जाने बताए । उनले नगरपालिका नीजि क्षेत्रसंग साझेदारी गरेर अगाडी बढ्न तयार रहेको समेत बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • अमेरिकाका दर्जनौं शहरहरूमा हिंसा भड्किएसँगै सैन्य प्रहरी तैनाथ
  • आज मात्र थप १८९ जनामा कोरोनाको संक्रमण पुष्टि,भएसंगै संक्रमितको संख्या…
  • क्वारेन्टिनमा बसेकी बाजुराकी महिलाले बच्चा जन्माईन
  • किसानको तरकारी नगरपालिकाबाट खरिद बिक्री
  • क्वारेन्टाइन बसेर घर जाने प्रवासीलाई सित्तैमा कण्डम
  • स्कुल अफ डेमोक्रेसीको संरचना प्रदेश र जिल्ला तहमा ! गण्डकी…
  • जनमुक्ति पार्टीको माग : कोरोनाविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाऊ
  • रुकुमको घटनामा सत्य तथ्यका छानविनका लागी संसदीय समिति गठन गर्न…
  • रुकुम र देवदह घटनामा संयुक्त राष्ट्र संघको गम्भीर चासो ,…
  • फेसबुक संस्थापक जुकरबर्गले दुई महिनामै कमाए ३० अर्ब डलर